माघ ५ गते देखि स्कुल क्रिकेट लिग

  • विकेटनेपाल, मङ्सिर-२७ 

माघ ५ देखि १९ गते सम्म स्कुल क्रिकेट लिग ( एससीएल ) प्रतियोगिता आयोजना हुने भएको छ।

स्पोर्ट्स सेन्टर र बनेपा क्रिकेट एकेडेमीले आयोजना गर्ने प्रतियोगिताको राजधानीमा बिहिबार पत्रकार सम्मेलन गर्दै आयोजकले घोषणा गरेको हो।

प्रतियोगितामा कुल १० टोलिले सहभागिता जनाउनेछन् भने खेलहरु पुल्चोक इञ्जिनियरिङ्ग मैदान पुल्चोकमा खेलाईनेछ। सहभागी टिमहरुलाई दुइ समुहमा बिभाजन गरिने छ र लिग कम नकआउटको आधारमा दुवै समुहबाट २/२ टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

टि-२० फर्म्याटमा खेलाइने प्रतियोगिताको ब्राण्ड एम्बासडरको रुपमा राष्ट्रिय क्रिकेटर पृथु बास्कोटालाई घोषणा गरिएको छ।

प्रतियोगिताको विजेताले ७१ हजार रुपैयाँ र ट्रफी हात पार्नेछन् भने उपविजेताले २१ हजार र ट्रफी तथा प्रतियोगिताको उत्कृस्ट खेलाडीले क्रिकेट किट प्राप्त गर्नेछ। यस्तै उत्कृस्ट बलर/ब्याट्सम्यान तथा सफल टिमहरुलाई क्रिकेट ब्याट जुत्ता र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचले जुत्ता र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।

लिग चरणको खेलहरु टि-२० फर्म्याटको भए पनि त्यसपछि सेमीफाइनल र फाइनल खेल भने २५ ओभरको खेलाइने आयोजकले बताएको छ।





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]