अन्तर विद्यालय क्रीकेट प्रतियोगिता हुने

शारदा विद्या निकेतन गोदावरी,८ स्याउले बजारको आयोजनामा शारदा क्रीकेट लिग (अन्तर विद्यालय क्रीकेट प्रतियोगिता २०८१) हुने भएको छ।

प्रतियोगिताको दर्ता खुला गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा कैलाली र कंचनपुर जिल्लाका विद्यालयहरुमा कक्षा १० सम्ममा अध्ययनरत क्रीकेट खेलाडीहरु सहभागी हुन पाउनेछन। प्रतियोगितामा कुल १२ विद्यालय टिमहरुले सहभागीता जनाउन पाउनेछन।

प्रतियोगिता २०८१ मंसिर ७ गतेदेखि १४ गतेसम्म गोदावरी८, स्याउले बजार कैलालीमा संचालन हुने छ। प्रतियोगितामा बिजेताले नगद ४००००/- (अक्षेरेपी चालीस हजार मात्र), उपबिजेताले नगद रु २००००/- (अक्षेरेपी बीस हजार मात्र) प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद ४०००/- (अक्षेरेपी चार हजार मात्र) बेस्ट बलर र ब्याटर र उदियमान खेलाडीले नगद जनही २०००/- (अक्षेरेपी दुईहजार मात्र) प्राप्त गर्नेछन भने, मेडल ट्रफी र प्रमाणपत्र समेत पाउनेछन।

प्रतियोगिताको प्लेयर अफ द म्याचले नगद ५००/- एवम ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। प्रतियोगितामा सहभागी हुन चाहने टिमहरुले यहि साउन मसान्तसम्म टिम दर्ता गरिसक्नुपर्ने बताईएकोछ।

प्रतियोगिताको टिम दर्ता शुल्क ८०००/- अक्षेरेपी आठ हजार कायम गरिएको छ।





थप समाचार

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

काठमाडौँ । यू–१९ महिला विश्‍वकपको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा बुधबार भएको […]

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]