अन्तर विद्यालय क्रीकेट प्रतियोगिता हुने

शारदा विद्या निकेतन गोदावरी,८ स्याउले बजारको आयोजनामा शारदा क्रीकेट लिग (अन्तर विद्यालय क्रीकेट प्रतियोगिता २०८१) हुने भएको छ।

प्रतियोगिताको दर्ता खुला गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा कैलाली र कंचनपुर जिल्लाका विद्यालयहरुमा कक्षा १० सम्ममा अध्ययनरत क्रीकेट खेलाडीहरु सहभागी हुन पाउनेछन। प्रतियोगितामा कुल १२ विद्यालय टिमहरुले सहभागीता जनाउन पाउनेछन।

प्रतियोगिता २०८१ मंसिर ७ गतेदेखि १४ गतेसम्म गोदावरी८, स्याउले बजार कैलालीमा संचालन हुने छ। प्रतियोगितामा बिजेताले नगद ४००००/- (अक्षेरेपी चालीस हजार मात्र), उपबिजेताले नगद रु २००००/- (अक्षेरेपी बीस हजार मात्र) प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद ४०००/- (अक्षेरेपी चार हजार मात्र) बेस्ट बलर र ब्याटर र उदियमान खेलाडीले नगद जनही २०००/- (अक्षेरेपी दुईहजार मात्र) प्राप्त गर्नेछन भने, मेडल ट्रफी र प्रमाणपत्र समेत पाउनेछन।

प्रतियोगिताको प्लेयर अफ द म्याचले नगद ५००/- एवम ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। प्रतियोगितामा सहभागी हुन चाहने टिमहरुले यहि साउन मसान्तसम्म टिम दर्ता गरिसक्नुपर्ने बताईएकोछ।

प्रतियोगिताको टिम दर्ता शुल्क ८०००/- अक्षेरेपी आठ हजार कायम गरिएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy