अस्ट्रेलियाले स्कटल्यान्डलाई हराउँदा इंग्ल्यान्ड सुपर एटमा

काठमाडौं । स्कटल्यान्ड अमेरिका तथा वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी-२० विश्वकपमा अस्ट्रेलियासँग पराजित हुँदा इंग्ल्यान्डले सुपर एटमा स्थान बनाएको छ ।

वेस्ट इन्डिजको सेन्ट लुसियामा भएको खेलमा अस्ट्रेलियाले ५ विकेटको जित निकाल्यो । अस्ट्रेलियाको जितका साथै समान पाँच अंकमा रहेको स्कटल्यान्डलाई रनरेटमा पछि पार्दै इंग्ल्यान्ड सुपर एटमा स्थान बनाउँन सफल रह्यो ।

स्कटल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले १९ दशमलब ३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

अस्ट्रेलियाको जितमा ओपनर ट्राभिस हेड र मार्कस स्टोईनेसले अर्धशतकी ईनिङ खेले । हेडले ४९ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ६८ रन बनाए । स्टोईनेसले २९ बलमा ९ चौका र २ छक्काको सहयोगमा ५९ रन बनाए । हेड र स्टोईनेसले चौथो विकेटका लागि ४४ बलमा ८० रनको महत्वपूर्ण साझेदारी गरे ।

टिम डेबिडले अविजित २४ तथा ग्लेन म्याक्सवेलले ११ रन बनाए ।

स्कटल्यान्डका लागि सफियान सरिफ र मार्क वाटले समान दुई दुई तथा ब्राड होलले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।

स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलनले ३४ बलमा २ चौका र ६ छक्काको सहयोगमा ६० रनको अर्धशतकीय ईनिङ खेले । ओपनर जर्ज मुन्सेले २३ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३५ रन बनाए । तेस्रो विकेटका लागि मुन्से र म्याकमुलनले ४८ बलमा ८९ रनको महत्वपूर्ण साझेदारी गरे ।

कप्तान रिचि बेरिङ्गटनले ३० बलमा ४१ तथा म्याथ्यु क्रसले ११ बलमा १८ रन बनाए ।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले दुई तथा अस्टन अगर, नाथन एलिस र एडम जाम्पाले समान एक एक विकेट लिए ।

अस्ट्रेलियाले खेल जितेसँगै इंग्ल्यान्डले सुपर एटमा स्थान बनाएको छ । पराजित स्कटल्यान्ड भने समूह चरणबाट नै घर फर्किएको छ ।





थप समाचार

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

काठमाडौँ । यू–१९ महिला विश्‍वकपको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा बुधबार भएको […]

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]