लिग-२ : स्कटल्याण्डलाई हराउदै तेश्रो स्थानमा उक्लियो नामिबिया

नामिबियामा जारि आईसीसी विश्वकप लिग-२ अन्तर्गतको चौंथो खेलमा नामिबियाले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ।

युनाइटेड क्रिकेट क्लब मैदान विन्ढोकमा स्कटल्याण्डले दिएको २०९ रनको लक्ष्य घरेलु टोलिले ७ विकेट गुमाएर ४४ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा नामिबियाले १११ रन बनाउदा ७ विकेट गुमायो। आठौँ विकेटको लागि लफ्टि इटनले पिक्की या फ्रान्ससंग अविजित ८८ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। इटनले अविजित ६७ तथा फ्रान्सले अविजित ४८ रन बनाए। जेजे समितले २४ र कप्तान जेरार्ड इरास्मसले २० रन बनाए।

स्कटल्याण्ड बलर मार्क वाटले ३, ब्राण्डन म्याकमुलेनले २ तथा सफ्यान सरिफले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा २०८ रनमा सबै विकेट गुमायो।

स्कटल्याण्डको लागि ब्राण्डन म्याकमुलेनले सर्वाधिक ५६ रन तथा जर्ज मुन्सेले ५१ रन बनाए। कप्तान रिची बेरिंगटनले २०, क्रिस सोलले १५ तथा माइकल लिस्क र सफ्यान सरिफले समान १५ रन बनाए।

नामिबियाका बलर रुबेन ट्रंपलम्यानले ४ विकेट लिए। टांगेनि लुंगामेनी र बर्नार्ड स्कोल्जले २/२ तथा जेजे स्मित र पिकी या फ्रान्सले १/१ विकेट लिए।

तेश्रो स्थानमा उक्लियो नामिबिया

जितपछि २९ खेलमा १७ जित हात पारेको नामिबिया ३५ अंक सहित लिग अंकतालिकाको तेश्रो स्थानमा उक्लेको छ। समान ३५ अंक रहेको अमेरिका नेट रन रेटमा पछि पर्दै चौंथो स्थानमा छ। हार पछि पनि स्कटल्याण्ड ३१ खेलमा ४४ अंक सहित पहिलो स्थानमा छ।

 

 





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]