लिग-२ : स्कटल्याण्डलाई हराउदै तेश्रो स्थानमा उक्लियो नामिबिया

नामिबियामा जारि आईसीसी विश्वकप लिग-२ अन्तर्गतको चौंथो खेलमा नामिबियाले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ।

युनाइटेड क्रिकेट क्लब मैदान विन्ढोकमा स्कटल्याण्डले दिएको २०९ रनको लक्ष्य घरेलु टोलिले ७ विकेट गुमाएर ४४ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा नामिबियाले १११ रन बनाउदा ७ विकेट गुमायो। आठौँ विकेटको लागि लफ्टि इटनले पिक्की या फ्रान्ससंग अविजित ८८ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। इटनले अविजित ६७ तथा फ्रान्सले अविजित ४८ रन बनाए। जेजे समितले २४ र कप्तान जेरार्ड इरास्मसले २० रन बनाए।

स्कटल्याण्ड बलर मार्क वाटले ३, ब्राण्डन म्याकमुलेनले २ तथा सफ्यान सरिफले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा २०८ रनमा सबै विकेट गुमायो।

स्कटल्याण्डको लागि ब्राण्डन म्याकमुलेनले सर्वाधिक ५६ रन तथा जर्ज मुन्सेले ५१ रन बनाए। कप्तान रिची बेरिंगटनले २०, क्रिस सोलले १५ तथा माइकल लिस्क र सफ्यान सरिफले समान १५ रन बनाए।

नामिबियाका बलर रुबेन ट्रंपलम्यानले ४ विकेट लिए। टांगेनि लुंगामेनी र बर्नार्ड स्कोल्जले २/२ तथा जेजे स्मित र पिकी या फ्रान्सले १/१ विकेट लिए।

तेश्रो स्थानमा उक्लियो नामिबिया

जितपछि २९ खेलमा १७ जित हात पारेको नामिबिया ३५ अंक सहित लिग अंकतालिकाको तेश्रो स्थानमा उक्लेको छ। समान ३५ अंक रहेको अमेरिका नेट रन रेटमा पछि पर्दै चौंथो स्थानमा छ। हार पछि पनि स्कटल्याण्ड ३१ खेलमा ४४ अंक सहित पहिलो स्थानमा छ।

 

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy