T20WC : ट्रंपलम्यानको घातक बलिंग, नामिबियाद्वारा स्कटल्याण्ड पराजित

स्कटल्याण्डलाई ४ विकटले पराजित गर्दै युएईमा जारि टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरणमा नामिबियाले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा अफगानिस्तानसंग पराजित भएको स्कटल्याण्डको यो लगातार दोश्रो हार हो।

शेख जायद स्टेडियम अबुधाबीमा स्कटल्याण्डले दिएको ११० रनको सामान्य लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ५ बल बाँकी रहँदै भेटायो। उसको लागि जेजे स्मितले सर्वाधिक अविजित ३२ रन बनाए भने क्रेग विलियम्सले २३, माइकल भान लिंगेनले १८ तथा डेभिड विजेले १६ रन बनाए।

ओपनर विलियम्स र लिंगेनले राम्रो सुरुवात दिलाएपछि मध्यमओभरमा लगातार विकेट गुम्दा नामिबिया ६७/४ को अवस्थामा थियो। पाँचौ विकेटको लागि डेभिड विजेले जेजे स्मितसंग ३५ रनको साझेदारी गर्दै जितको दिशा दिए। स्कटल्याण्ड बलर माइकल लिस्कले २ विकेट ( २-०-१२-२) लिंदा ब्राडली व्हिल, सफ्यान सरिफ, क्रिस ग्रिभ्स र मार्क वाटले समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ८ विकेट क्षेतीमा १०९ रन बनाएको थियो। उसको लागि माइकल लिस्कले सर्वाधिक ४४ रन बनाए जुन क्रममा २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे। क्रिस ग्रिभ्सले २५ तथा म्याथु क्रसले १९ रन बनाए।

खराब सुरुवात गरेको स्कटल्याण्डको पहिलो ३ विकेट पहिलो ओभरमै रुबेन ट्रंपलम्यानले लिएका थिए। ओपनर जर्ज मुनसे, कलुम म्याक लोयड र कप्तान रिची बेरिंगटनलाई खाता नखोल्दै पेभेलियन फर्काएपछि। लिस्कले छैठौं विकेटको लागि ग्रिभ्ससंग ३६ रनको साझेदारी गर्दै लज्जास्पद योगफलमा समेटिनबाट जोगाएका थिए।

नामिबियाको बलिंगमा देब्रे हाते पेसर बेन ट्रंपलम्यानले सर्वाधिक ३ विकेट ( ४-०-१७-३ ) लिए। जान फ्राईलिंकले २ विकेट ( ४-०-१०-२ ) तथा जेजे स्मित र डेभिड विजेले समान एक विकेट लिए।

प्रतियोगिता अन्तर्गत नामिबियाले आगामी खेल अफगानिस्तानसंग अक्टोबर ३१ तारिखमा खेल्ने तालिका छ। स्कटल्याण्डले आगामी खेल न्युजिल्यान्डसंग नोभेम्बर ३ तारिखमा खेल्नेछ। समुह ‘२’ अन्तर्गत स्कटल्याण्ड र नामिबियासंगै भारत, पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन्। सबै टिमले एक अर्कासंग एक/एक खेल खेलेपछि समुहको शिर्ष स्थानमा हुने दुई टिम सेमीफाइनल प्रवेश गर्नेछ।

अंकतालिका 





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]