कोट्जरले खोसे जित, नेपालको दोश्रो हार

Dilip Nath
  • विकेटनेपाल, फाल्गुन २४ 

जिम्बाबेमा जारि आईसीसी एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले लगातार दोश्रो खेलमा पराजय बेहोरेको छ। पहिलो खेलमा आयोजक जिम्बाबेसंग पराजित भएको नेपालले स्कटल्याण्डसंग ४ विकेटको पराजय बेहोर्यो।

प्रतियोगितामा स्कटल्याण्डको यो लगातार तेश्रो जित हो। पहिलो खेलमा अफगानिस्तानलाई तथा दोश्रो खेलमा स्कटल्याण्डले हंगकंगलाई पराजित गरिसकेको छ।

टस जितेर पहिले ब्याटिंग गर्दै नेपालले दिएको १५० रनको लक्ष्य स्कटल्याण्डले ४२ औं ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा स्कटल्याण्डले ३३ रनको योगफलमा ओपनर म्याथु क्रस ( १४ ) लाई सन्दिप लामिछानेको बलमा गुमाएपछि अर्का ओपनर केयल कोट्जर र कलुम म्याकलोयडले दोश्रो विकेटको लागि ३८ रन बनाएका थिए। योगफल ७१ रन पुगेको अवस्थामा १५ रन बनाएका म्याकलोयडलाई बसन्त रेग्मीले बोल्ड गरेपछि स्कटल्याण्डले लगातार विकेट गुमायो।

सन्दिपले दोश्रो विकेटको रुपमा लगत्तै ओभरमा रिची बेरिंगटनलाई ( १ रन ) एलबिडब्लुलाई पेभेलियन फर्काए भने त्यसपछि ललित राजबंशीले जर्ज मुन्सीलाई ( १० रन ) बोल्ड गर्दा स्कटल्याण्ड दबाबमा परेको थियो।

नेपाली स्पिनरहरुले स्कटल्याण्डको जित सहज हुन दिएनन्

८७/४ को अवस्थाबाट केल कोट्जरले क्रेग वालेससंग २८ रनको साझेदारी गर्दै स्कोर १०० को पार गराए । वालेस ( १७ ) रन बनाउदा दिपेन्द्र ऐरीको बलमा स्टम्प आउट भए लगत्तै आएका नयाँ ब्याट्सम्यान मार्क वाटलाई बसन्त रेग्मीले किपर दिलिप नाथको हातमा क्याच थमाउदा स्कटल्याण्डले ३६ औं ओभरमा १२२ रन बनाउदा ६ विकेट गुमाउन पुग्यो।

त्यसपछि कोट्जर र सफ्यान सरिफले नेपाली बलरहरुलाई मौका दिएनन् र सातौ विकेटको लागि ३१ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए। उत्कृस्ट इनिंग खेलेका कप्तान कोट्जरले अविजित ८८ रन बनाए जुन क्रममा १३६ बल सामना गर्दै ७ चौका र ३ छक्का प्रहार गरे। शरिफ ५ रनमा अविजित रहे।

स्कटल्याण्डलाई संघर्ष गर्न बाध्य बनाएका नेपाली बलरहरुको तर्फबाट सन्दिप लामिछाने र बसन्त रेग्मीले २/२ विकेट लिए। रेग्मीले १० ओभरमा १ मेडन सहित २६ रन खर्चिए भने लामिछानेले १० ओभरमा ३ मेडन ओभर फाल्दा ३१ रन खर्चिए। दिपेन्द्र ऐरी र ललित राजवंशीले १/१ विकेट लिए।

स्कोरकार्ड 

नेपालको ब्याटिंग 

नेपालले टस जितेर पहिले ब्याटिंग गर्दै ४७.४ ओभरमा सबै विकेट गुमाएर १४९ रन बनाएको छ।

अत्यन्त खराब सुरुवात गर्नेक्रममा नेपालले ओपनर ज्ञानेन्द्र मल्ल ( १ ) र दिलिप नाथ ( ४ ), दिपेन्द्र ऐरी ( १ ) , शरद भेसावकर ( ० ) तथा आरिफ शेख ( २ ) लाई चाडैनै गुमाउन पुग्यो। माथिल्लो क्रमका ५ ब्याट्सम्यानहरु लगातार आउट हुँदा आठौं ओभरमा नेपाल स्कोर मात्र ३९ रन थियो।

पाँचौं विकेट गुमेपछि पारसले सोमपाल कामिसंग छैठौं विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए। सोमपाल २५ औ ओभरमा टिमको योगफल ८१ रन हुँदा व्यक्तिगत १८ रनमा रन आउट हुनपुगे। सोमपालको विकेट पछि पारसले रोहित पौडेलसंग १९ रनको साझेदारी गरे।

लिस्ट ‘ए’ क्रिकेटमा सातौँ अर्धशतक पुरा गरेपछि पारस २९ औं ओभरको पहिलो बलमा क्याच आउट हुन पुग्दा नेपालको स्कोर १००/७ पुग्यो। लिस्ट ‘ए’ क्रिकेटमा हजार रन पुरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान समेत बनेका पारसले ६३ रन बनाउन ७५ बलमा १० चौका प्रहार गरे।

Paras Khadka Half century
Paras Khadka Half century

पारस आउट भएपछि रोहितले बसन्त रेग्मीसंग आठौँ विकेटको लागि १७ रनको साझेदारी गरे। १५ रन ( ४० बल ) बनाएका रोहितले पनि ठुलो योगदान दिन नसक्दा बसन्त रेग्मी भने क्रिजमा डटिरहे। सन्दिप लामिछाने ६ रन बनाएर आउट भने भए अन्तिम विकेटको रुपमा ललित राजवंशी ४ रन बनाएर आउट भए।

बसन्त रेग्मी २४ रन बनाएर अविजित रहंदा ५१ बलको सामना गर्दै १ चौका प्रहार गरे।

स्कटल्याण्ड बलर स्टुवार्ट व्हिटिंगघमले ३ विकेट लिने क्रममा दिलिप नाथ, दिपेन्द्र ऐरी र शरद भेसावकरलाई पेभेलियन पठाए । यस्तै सफ्यान शरिफ र एलेस्डर इभान्सले २/२ विकेट हात पारे भने रिची बेरिंगटनले र टीबी सोलले समान १/१ विकेट लिए।

खेलको फोटोहरु – 

Paras Khadka
Paras Khadka

Paras Khadka Half century
Paras Khadka Half century





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]