रेकर्ड योगफल बनाउदा स्कटल्याण्डद्वारा नेदरल्याण्ड पराजित, एकै खेलमा बन्यो ४४६ रन

आयरल्याण्ड, नेदरल्याण्ड र स्कटल्याण्ड बीच आयरल्याण्डमा जारि त्रिकोणात्मक सिरिज अन्तर्गत दोश्रो खेलमा स्कटल्याण्डले नेदरल्याण्डलाई ५८ रनले पराजित गरेको छ।

डब्लिनमा सम्पन्न खेलमा टस हारेको स्कटल्याण्डले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटकै पाँचौ सर्वाधिक योगफल बनाउने क्रममा २० ओभरमा ३ विकेट गुमाएर २५२ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डले २० ओभर ब्याटिंग गर्दै ७ विकेट गुमाएर १९४ रन बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डको लागि कप्तान पिटर सिलरले अविजित ४९ बलमा ९६ रन बनाए। उनले ९ चौका र ५ छक्का प्रहार गरे। एक समय ६२ रनमा ४ विकेट गुमाईसकेको अवस्थामा सिलरले आक्रामक इनिंग खेल्दै हारको अन्तर कम गरेका थिए। ५८ रनको जित रन अन्तरको आधारमा स्कटल्याण्डको दोश्रो ठुलो जित हो। यस अघि नेदरल्याण्डबिरुद्ध गत वर्ष स्कटल्याण्डले ११५ रनको जित दर्ता गरेको थियो।

जर्ज मुनसे र कायल कोट्जरको विस्फोटक ब्याटिंग

टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा विस्फोटक सुरुवात गरेको स्कटल्याण्डको लागि ओपनर जर्ज मुनसे र कायल कोट्जरले १५.१ ओभरमा २०० रनको ओपनिंग साझेदारी गरेका थिए। टि-२० अन्तर्राष्ट्रियमा कुनै पनि विकेटको लागि यो तेश्रो ठुलो साझेदारी हो। यसै वर्ष अफगानिस्तानका ओपनर हज्रतुल्लाह जजि र उस्मान घामिले आयरल्याण्ड बिरुद्ध सर्वाधिक २३६ रनको साझेदारी गरेका थिए। यस्तै गत वर्ष जिम्बाबे बिरुद्ध अस्ट्रेलियन ओपनर आरोन फिन्च र डारसी सर्टले २२३ रनको दोश्रो ठुलो साझेदारी गरेका थिए।

मुनसेले अविजित १२७ रन बनाउदा ५६ बलमा १४ छक्का र ५ चौका प्रहार गरे भने कप्तान कोट्जरले ५० बलमा ११ चौका र ५ छक्का मदतले ८९ रन बनाए।

सिरिज अन्तर्गत तेश्रो टि-२० आयरल्याण्ड र स्कटल्याण्ड बीच मंगलबार खेलिनेछ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]