स्कटल्याण्डका क्रिस सोल विराटनगर किंग्समा

स्कटल्याण्डका पेस बलर क्रिस सोल नेपाल प्रिमियर लिग ९एनपीएल० का लागि विराटनगर किंग्समा अनुबन्ध भएका छन् ।

मंगलबार विराटनगरले पेस बलर क्रिस सोललाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको जनाएको छ । ३० वर्षीय सोलले स्कटल्याण्डको उमेर समूह, स्कटल्याण्ड ए टिम हुँदै हाल राष्ट्रिय टिमबाट खेलिरहेका छन् ।

उनले स्कटल्याण्डका लागि १७ टी-२०आई म्याच खेल्दै १५ विकेट लिएका छन् । यस्तै सोलले ३१ ओडिआई खेलेका छन् ।

सोलले क्यारेबियन प्रिमियर लिग र इन्टरनेशनल लिग टी-२० खेलेका छन् । यस्तै उनलाई २०२४ जुनमा इंग्ल्याण्डको टी-२० क्रिकेट भाइटालिटी ब्लास्टका लागि ग्लामोर्गनले अनुबन्ध गरेको थियो ।

सोल विराटनगरले अनुबन्ध गरेको चौथो विदेशी खेलाडी हुन् । यसअघि विराटनगरले न्युजिल्याण्डका स्टार ब्याटर मार्टिन गप्टिल, ओमानका कप्तान तथा अलराउण्डर अकिब इल्यास र क्यानडाका कप्तान निकोलस किर्टोनलाई अनुबन्ध गरिसकेको छ ।

चार विदेशी खेलाडी अनुबन्ध गरेपछि विराटनगर किंग्सको टोली सन्तुलित देखिएको छ । मार्टिन गप्टिल टप अर्डरमा खेल्छन् भने अकिब इल्यास र निकोलस किर्टोन ब्याटिङ अलराउण्डरको रूपमा छन् । दुवैले टप अर्डरमा खेल्न सक्छन् । यस्तै नेपालका लोकेश बम पनि ओपनिङ ब्याटर र विकेटकिपर हुन् ।

मार्की खेलाडी सन्दीप लामिछानेको नेतृत्वमा हुने बलिङ अट्याकमा क्रिस सोलसँगै नेपालका प्रतिश जिसी, जितेन्द्र मुखिया, बसिर अहमद, सुवास भण्डारी जस्ता खेलाडी हुनेछन् ।

विराटनगरले मुख्य प्रशिक्षकमा आयरल्याण्डका केभिन ओ’ब्रायनलाई अनुबन्ध गरेको छ । मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]