लगातार विकेटले दबाबमा स्कटल्याण्ड

Lalit Rajbanshi bowling

आईसीसी एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिंग गर्दै १४९ रन बनाएपछि लक्ष्य पछ्याउने क्रममा स्कटल्याण्ड दबाबमा परेको छ।

निकै राम्रो सुरुवात गरेको स्कटल्याण्डले ३३ रनको योगफलमा ओपनर म्याथु क्रस ( १४ ) लाई सन्दिप लामिछानेको बलमा गुमाएपछि अर्का ओपनर केयल कोट्जर र कलुम म्याकलोयडले दोश्रो विकेटको लागि ३८ रन बनाएका थिए। योगफल ७१ रन पुगेको अवस्थामा १५ रन बनाएका म्याकलोयडलाई बसन्त रेग्मीले बोल्ड गरेपछि स्कटल्याण्डले लगातार विकेट गुमायो।

सन्दिपले दोश्रो विकेटको रुपमा लगत्तै ओभरमा रिची बेरिंगटनलाई ( १ रन ) एलबिडब्लुलाई पेभेलियन फर्काए भने त्यसपछि ललित राजबंशीले जर्ज मुन्सीलाई ( १० रन ) बोल्ड गर्दा स्कटल्याण्ड दबाबमा परेको हो।

यो समाचार तयार पार्दा स्कटल्याण्डले २६ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएको छ। केयल कोट्जर ४५ रन ( ८० बल, ४ चौका र १ छक्का ) बनाएर तथा क्रेग वालेस ७ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

स्कटल्याण्डलाई जितको २४ ओभरमा लागि थप ५२ रन आवस्यक रहेको छ।

नेपालको बलिंग – 

बसन्त रेग्मी – ७-१-२१-१
सोमपाल कामि – ४-०-१९-०
ललित राजवंशी – ७-०-२९-१
सन्दिप लामिछाने – ८-२-२९-२

नेपालको ब्याटिंग 

नेपालले टस जितेर पहिले ब्याटिंग गर्दै ४७.४ ओभरमा सबै विकेट गुमाएर १४९ रन बनाएको छ।

अत्यन्त खराब सुरुवात गर्नेक्रममा नेपालले ओपनर ज्ञानेन्द्र मल्ल ( १ ) र दिलिप नाथ ( ४ ), दिपेन्द्र ऐरी ( १ ) , शरद भेसावकर ( ० ) तथा आरिफ शेख ( २ ) लाई चाडैनै गुमाउन पुग्यो। माथिल्लो क्रमका ५ ब्याट्सम्यानहरु लगातार आउट हुँदा आठौं ओभरमा नेपाल स्कोर मात्र ३९ रन थियो।

पाँचौं विकेट गुमेपछि पारसले सोमपाल कामिसंग छैठौं विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए। सोमपाल २५ औ ओभरमा टिमको योगफल ८१ रन हुँदा व्यक्तिगत १८ रनमा रन आउट हुनपुगे। सोमपालको विकेट पछि पारसले रोहित पौडेलसंग १९ रनको साझेदारी गरे।

Paras Khadka Half century
Paras Khadka Half century

लिस्ट ‘ए’ क्रिकेटमा सातौँ अर्धशतक पुरा गरेपछि पारस २९ औं ओभरको पहिलो बलमा क्याच आउट हुन पुग्दा नेपालको स्कोर १००/७ पुग्यो। लिस्ट ‘ए’ क्रिकेटमा हजार रन पुरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान समेत बनेका पारसले ६३ रन बनाउन ७५ बलमा १० चौका प्रहार गरे।

पारस आउट भएपछि रोहितले बसन्त रेग्मीसंग आठौँ विकेटको लागि १७ रनको साझेदारी गरे। १५ रन ( ४० बल ) बनाएका रोहितले पनि ठुलो योगदान दिन नसक्दा बसन्त रेग्मी भने क्रिजमा डटिरहे। सन्दिप लामिछाने ६ रन बनाएर आउट भने भए अन्तिम विकेटको रुपमा ललित राजवंशी ४ रन बनाएर आउट भए।

बसन्त रेग्मी २४ रन बनाएर अविजित रहंदा ५१ बलको सामना गर्दै १ चौका प्रहार गरे।

स्कटल्याण्ड बलर स्टुवार्ट व्हिटिंगघमले ३ विकेट लिने क्रममा दिलिप नाथ, दिपेन्द्र ऐरी र शरद भेसावकरलाई पेभेलियन पठाए । यस्तै सफ्यान शरिफ र एलेस्डर इभान्सले २/२ विकेट हात पारे भने रिची बेरिंगटनले र टीबी सोलले समान १/१ विकेट लिए।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]