यी बिदेशी खेलाडीको कारण सन्दिपले लगाउन पाएनन् प्रिय जर्सी

  • विकेटनेपाल, चैत ८ – बिहिबार 

इन्डियन प्रिमियर लिग आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर सन्दिप लामिछानेले लगाउने जर्सी सार्वजनिक गर्न दिल्ली डेयर डेभिल्सका सीईओ हेमन्त दुवा स्वयम् काठमाडौँ आए। प्रधानमन्त्री केपी ओलीले जर्सी सार्वजनिक गर्ने भनिएता पनि त्यो चाहना पुरा हुन नसकेपछि रास्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब बिस्टलाई प्रमुख अतिथि बनाउदै दिल्लीले सन्दिपले लगाउने जर्सी सार्वजनिक गरेको हो।

Sandeep Lamichhane
Sandeep Lamichhane

नेपाली राष्ट्रिय टिमको लागि सन् २०१६ मा नामिबियासंग डेब्यु गरेका तथा सोहि बर्ष यु-१९ बिश्वकपमा बंगलादेशमा उमेर समुह राष्ट्रिय टिमको लागि खेलेका सन्दिपले २५ नम्बरको जर्सी लगाउदै आएका छन्। सन्दिपले रोजेको जर्सी नम्बर २५ को पछाडी बिशेष भावनात्मक कारण रहेको छ।

सन्दिपको दिदिको छोरिको आकस्मिक निधन २५ गते भएपछि उनको सम्झनामा २५ नम्बरको जर्सी लगाउन थालेका हुन्। तर यसपटक सन्दिपले २५ हैन दिल्लीको लागि खेल्दा १ नम्बरको जर्सीमा उत्रनेछन् जसको पछाडी पनि अर्को बिशेष कारण रहेको छ।

सो नम्बरको जर्सी दिल्लीको लागि खेल्ने दक्षिण अफ्रिकी खेलाडी कागीसो रबाडाले लगाउने भएपछि सन्दिपको सोहि जर्सी नम्बरको जर्सी लगाउने चाहना पुरा हुन नपाएको हो। विकेटनेपालसंग किन १ नम्बर जर्सी रोजेको भन्ने उत्तर दिंदै सन्दिपले २५ नम्बर जर्सीनै माग गरे पनि रबाडाको जर्सी नम्बर पनि उही भएपछि भान्जीको जन्मदिन बैशाखमा भएको कारण १ नम्बर जर्सी रोजेको उनले खुलाए।

“संधै २५ नम्बरनै लगाउदै आएको छु र अहिले पनि त्यही चाहना थियो तर सिनियर खेलाडी कासिगो राबाडाले पनि २५ नम्बरकै जर्सी लगाउने भएपछि मेरो भान्जीको जन्म महिना पहिलो महिना थियो त्यसैले गर्दा १ रोजे, र म सधै चाहन्छु नम्बर १ हुने त्यसैले गर्दा”

रबाडा दक्षिण अफ्रीकाको लागि खेल्दा पनि २५ नम्बरको जर्सी लगाउने गर्छन्। रबाडाको जन्म २५ मे १९९५ मा भएको कारण उनले २५ नम्बरको जर्सी लगाउन थालेका हुन्। दिल्लीले तिब्र गति बलर रबाडालाई ४.२ करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो।

यो पनि पढ्नुस :- दिल्ली कप्तान गम्भीरको ठुलो बयान, होला सन्दिपलाई फाइदा ?

आईपीएल टिम दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रुपैयाँमा खरिद गरेपछि आईपीएल खेल्ने पहिलो नेपाली भएका सन्दिप क्यारेबियन प्रिमियर लिग टिम सेन्ट किट्स एण्ड प्याट्रीएट्सको लागि समेत ५ हजार डलरमा बिक्रि भएका छन्। आईपीएलमा दिल्लीले पहिलो खेल अप्रिल ८ तारिकमा किंग्स ११ पन्जाबसंग खेल्ने कार्यक्रम रहेको छ।

को-को छन् दिल्ली टिममा – 

ब्याट्सम्यान– गौतम गंभीर, जेसन रोय, कोलिन मुनरो, श्रेयस अय्यर, ऋषभ पंत, नमन ओझा, पृथ्वी शा, गुरकीरत सिंह, मनजोत कालरा

बलर- अमित मिश्रा, मोहम्मद शमी, कागिसो रबाडा, ट्रेंट बोल्ट, शाबाज नदीम, आवेश खान, सन्दिप लामिछाने, हर्षल पटेल, सयान घोष

अलराउण्डर– ग्लेन म्याक्सवेल, क्रिस मोरिस, जयंत यादव, डेनियल क्रिश्चियन, विजयशंकर, अभिषेक शर्मा, राहुल तेवतिया

खेलाडी र पाएको मूल्य ( भारतीय रुपैयाँमा ) : श्रेयस अय्यर (7 करोड़) ऋषभ पंत (8 करोड़) क्रिस मोरिस (7.1 करोड़) ग्लेन म्याक्सवेल (9 करोड़) गौतम गंभीर (2.8 करोड़) जेसन रोय (1.5 करोड़) कोलिन मुनरो (1.9 करोड़) मोहम्मद शमी (3 करोड़) कासिगो रबाडा (4.2 करोड़) अमित मिश्रा (4 करोड़) पृथ्वी शॉ (1.2 करोड़) राहुल तेवतिया (3 करोड़) विजय शंकर (3.2 करोड़) हर्षल पटेल (20 लाख) अवेश खान (70 लाख) शाहबाज़ नदीम (3.2 करोड़), ट्रेंट बोल्ट (2.2 करोड़), डेनियल क्रिस्चन (1.5 करोड़), नमन ओझा (1.4 करोड़), गुरकीरत मान (75 लाख), अभिषेक शर्मा (55 लाख), जयंत यादव (50 लाख), मनजोत कालरा (20 लाख), सन्दिप लामिछाने (20 लाख), सायन घोष (20 लाख)





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]