२ यु-१९ राष्ट्रिय क्रिकेटरलाई बिरेन्द्र सेहवाग एकेडेमीमा प्रशिक्षणको अवसर

  • विकेटनेपाल, पौष-३ , मंगलबार 

नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टिमका २ सहित ३ जना खेलाडीहरुलाई सुशील कोइराला मेमोरिअल फाउन्डेसनले भारतको दिल्ली स्थित विरेन्द्र सेहवागद्वारा स्थापित सहवाग क्रिकेट एकेडेमीमा छात्रवृतिमा प्रशिक्षणको अवसर जुराएको छ।

मंगलबार पत्रकार सम्मेलन गर्दै फाउन्डेसनले अन्डर-१९ र अन्डर-१६ राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका रित गौतम र तृत राज दास तथा भुपेन्द्र कुमार उप्रेतीलाई पठाउने जानकारी गराएको हो। रित र तृत अक्टोबरमा बंगलादेशमा सम्पन्न यु-१९ युथ एसिया कपमा टिमको सदस्य थिए भने भुपेन्द्र कुमार उप्रेतीलाई प्रतिभाको आधारमा छनौट गरिएको हो।

३ जना खेलाडीले १ महिना सहवाग एकेडेमीमा प्रशिक्षण गर्ने छन् जसको सम्पूर्ण खर्च सुशील कोइराला मेमोरियल फाउन्डेसनले व्यहोर्ने छ।  छात्रवृतिलाई ‘एस.के.एम.एफ. क्रिकेट स्कलरसिप’ नाम दिईएको छ। खेलाडीहरु पौष ५ गते दिल्ली प्रस्थान गर्नेछन्।

Trit Raj Das, Rit Gautam , Bhupendra Kumar Uprety
Trit Raj Das, Rit Gautam , Bhupendra Kumar Uprety

फाउन्डेसनले गरेको पत्रकार सम्मेलनमा बोल्दै यु-१९ राष्ट्रिय क्रिकेटका प्रशिक्षक बिनोद दासले दुई यु-१९ खेलाडीलाई आगामी बर्ष हुने यु-१९ एसिया कप छनौट प्रतियोगितालाई मध्येनजर गर्दै छनौट गरिएको बताए। यु-१९ बिश्व कप छनौट अप्रिलमा अप्रिलमा आयोजना हुँदैछ।

यस्तै अर्का खेलाडी भुपेन्द्र उप्रेतीको प्रतिभा हेरी सकेपछि उनको आर्थिक अवस्था समेत कमजोर हुँदा छनौट गरिएको फाउन्डेसनका सदस्य सचिब अतुल कोइरालाले जानकारी गराउनु भयो।

यु-१६ राष्ट्रिय क्रिकेट टिमका कप्तान रहीसकेका रित गौतमले आफुले यसलाई ठुलो अवसर बताए “हामिलाई थाहा छ भारत कति ठुलो क्रिकेटको देश हो, यो हाम्रो लागि ठुलो अवसर हो, आशा छ १ महिनामा हामीले धेरै सुधार गर्नेछौ”

फाउन्डेसनले हरेक बर्ष यसरीनै युवा प्रतिभाहरुलाई छात्रवृति प्रदान गर्ने समेत बताएको छ-

“क्रिकेटको मध्यमबाटै सपना बुन् थालेका नेपाली बालबालिका तथा युवाहरुलाई धानमा राख्दै तथा नेपालमा उचित व्यवसायिक वातारारणको कमिलाइ मध्येनजर गर्दै, युवाहरुले उत्कृस्ट विश्वस्तरीय प्रशिक्षण पाउन भन्ने उद्देश्यले फाउन्डेसनले हरेक बर्ष तिन किशोर खेलाडीलाई प्रशिक्षणका लागि सहवाग एकेडेमीमा पठाउने निर्णय गरेको कुरा जानकारी गरौँ पाउँदा खुसि महसुस गर्दछौ। ”  फाउन्डेसन सदस्य सचिब कोइरालाले बताए।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]