सेहवागलाई चित्त बुझेन पन्तको कप्तानी , यसकारण दिए १० मा ३ अंक

२०७८ बैशाख १५, बुधबार ०९:२२

भारतीय पूर्व ओपनिंग ब्याट्सम्यान विरेन्द्र सेहवागले रोयल च्यालेन्जर्स बैंगलोरसंग १ रनको हार पछि दिल्ली क्यापिटल्सका कप्तान रिशभ पन्तको कप्तानी माथि टिप्पणी गरेका छन्। मंगलबार राति सम्पन्न खेलमा शिमरन हेटमायर र रिशभ पन्तको अर्धशतकका बाबजुद दिल्ली १७२ रनको लक्ष्य पछ्याउन झिनो अन्तरले चुकेको थियो।

आईपीएल १४ का सबैभन्दा युवा कप्तान पन्तको कप्तानीको आलोचना गर्दै सेहवागले पन्तलाई १० मा ५ अंक पनि दिन नसक्ने बताएका हुन्। पन्तले आफ्नो मुख्य बलरहरु राम्रोसंग प्रयोग गर्न नजानेको समेत बताए।

“म उनको कप्तानीलाई १० मा ५ अंक पनि दिन सक्दिन किनकि तपाईले त्यस्तो गल्तिहरु गर्न सक्नुहुन्न। यदी तपाईको मुख्य बलर बलिंग गरिरहेका छैनन् भने तपाईको हिसाबकिताब गलत हो , कप्तानी भनेकै त्यही हो। तपाईले त्यसको ख्याल राख्नु पर्छ। एउटा कप्तानले परिस्थिति अनुसार आफ्नो बलरहरुको व्यवस्थापन गर्नुपर्छ।”

“तपाईले त्यो कुरा सिक्नु पर्छ। अथवा जसलाई चाहनुहुन्छ त्यसलाई बल दिनु हुन्छ। एउटा कप्तानको क्षमता कसरि उसले खेललाई परिवर्तन गर्छ भन्ने कुराले गर्छ। उनले बलिंग र फिल्डिंग परिवर्तन परिस्थिति अनुसार गर्नुपर्छ।” सेहवागले क्रिक्बजसंग कुराकानीमा बताए।

खेलमा पन्तले अन्तिम ओभरमा बलरको बिकल्प नहुँदा मार्कस स्टोइनिसलाई बलिंग दिएका थिए जसले एकै ओभरमा २३ रन खर्चेका थिए। कागीसो रबाडाको ओभर पन्तले १८ औं ओभरमा सकीसकेका थिए भने अमित मिश्रालाई ३ ओभर मात्र बलिंग गर्न दिएका थिए।

बैंगलोरले दिल्लीलाई १ रनले पराजित गरेको थियो

सेहवागका अनुसार एउटा चलाख कप्तान हुनको लागि पन्तले चलाख क्रिकेट खेल्नु पर्नेछ-

“त्यसैले यदी रिशभ पन्त राम्रो कप्तान हुन चाहन्छन् भने उनले यस्ता साना कुराहरुलाई पनि दिमागमा राख्नुपर्छ। चलाख क्रिकेट खेल्नुस् अनि बल्ल तपाई चलाख कप्तान बन्न सक्नुहुन्छ।” उनले थपे।

पूर्व भारतीय ओपनरले पन्तको कप्तानीलाई १० मा ३ अंक मात्र दिए।

अर्का भारतीय पूर्व क्रिकेटर फास्ट बलर आशिष नेहराले पनि दिल्लीको कमजोर योजना हारको कारण बताए भने मध्यम ओभरमा पन्तको सुस्त ब्याटिंगलाई पनि दोष दिए।

अर्धशतक प्रहार गरेता पनि पन्तले ५८ रन बनाउन ४८ बल खेलेका थिए भने अर्कोतर्फ हेटमायरले मात्र २५ बलमा ५३ रन बनाएका थिए। दुवै ब्याट्सम्यान अविजित रहेता पनि टिमलाई जितको रेखा भने पार गर्न सकेनन्।

“जसरि रिशभ पन्तले बीचको ओभरमा ब्याटिंग गरे र डेथ ओभरक दौरान उनले केहि रन गुमाए, त्यो कमजोर रणनीतिको थियो। यदी शिमरन हेटमायरले विकेट चाडै गुमाएको भए दिल्लीले २५ रनले खेल हार्थ्यो।”

“तपाईको २ जना जमेका ब्याट्सम्यान अविजित छन् र तपाईले खेल १ रनले हार्नुहुन्छ, त्यसको मतलब कमजोर योजना हो। यो फर्म्याटमा यस्तो हुनु हुँदैन।” नेहराले थपे।

हार पछि दिल्ली लिग अंकतालिकामा ६ खेलमा ४ जित र २ बेहोर्दै ८ अंक सहित तेश्रो स्थानमा रहेको छ। समान अंक रहेको चेन्नाई नेट रन रेटमा अघि रहँदै दोश्रो स्थानमा छ। बैंगलोर १० अंक सहित पहिलो स्थानमा पुगेको छ। दिल्लीले आगामी खेल कोलकाता नाइट राइडर्ससंग अप्रिल २९ तारिख बिहिबार खेल्ने तालिका रहेको छ।

यो नि पढ्नुस 

https://wicketnepal.com/ipl-dc-vs-rcb-m22-news/

https://wicketnepal.com/sandeep-feri-ipl-khelna-chahanchu-wn21/

https://wicketnepal.com/punjab-batting-approach-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy