एनकासा इन्टर फर्म क्रिकेट : सुब्रत एस एण्ड एसोसिएट्स फाइनलमा

सुब्रत एस एण्ड एसोसिएट्स १२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

सोमबार ल्याब स्कुल मैदानमा आयोजित प्रतियोगिताको दोश्रो सेमीफाइनलमा सुब्रत एस एण्ड एसोसिएट्सले केजे एण्ड एसोसिएट्सलाई ९ विकेटले पराजित गर्दै फाइनलमा अनिश एण्ड एसोसिएट्ससंग भेट पक्का गरेको हो।

उपाधिको लागि मंगलबार १० बजे सुब्रत एस एण्ड एसोसिएट्स र अनिश एण्ड एसोसिएट्स  बीच प्रतिस्पर्धा हुनेछ। पहिलो सेमीफाइनलमा अनिश एण्ड एसोसिएट्सले  कासा युपीबि युथ्सलाई ३ विकेटले पराजित गरेको थियो।

फाइनल पुग्न ६५ रनको लक्ष्य पाएको सुब्रत एस एण्ड एसोसिएट्सले ११. ३ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। उसको लागि आश्रय बस्नेतले अविजित ३५ रन बनाए भने चण्डेश्वर चौधरीले २४ रन बनाए।

यस अघि केजे एण्ड एसोसिएट्सले १७. २ ओभरमा ६४ रनमा सबै विकेट गुमाएको थियो। सुब्रत एस एण्ड एसोसिएट्सको बलिंगमा प्लेयर अफ द म्याच घोषित बिष्णु कंडेलले ३ तथा चण्डेश्वर चौधरीले २ विकेट लिए। केजे एण्ड एसोसिएट्सको लागि मौषम मिश्राले १७ र सुरज पाण्डेले १२ रन बनाए।

प्रतियोगिताको विजेताले एक लाख ४० हजार रुपैयाँ पाउने छन्। यस्तै, उपविजेतालाई ७० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ। प्रतियोगिताका खेल लिगकम नकआउटमा सञ्चालन हुनेछ।

बिक्रम संवत् २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना बिभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।





थप समाचार

नेपाल र हङकङबीचको रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]