एनकासा इन्टर फर्म क्रिकेट : सुब्रत एस एण्ड एसोसिएट्स फाइनलमा

२०८१ फाल्गुन १२, सोमबार १९:३२

सुब्रत एस एण्ड एसोसिएट्स १२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

सोमबार ल्याब स्कुल मैदानमा आयोजित प्रतियोगिताको दोश्रो सेमीफाइनलमा सुब्रत एस एण्ड एसोसिएट्सले केजे एण्ड एसोसिएट्सलाई ९ विकेटले पराजित गर्दै फाइनलमा अनिश एण्ड एसोसिएट्ससंग भेट पक्का गरेको हो।

उपाधिको लागि मंगलबार १० बजे सुब्रत एस एण्ड एसोसिएट्स र अनिश एण्ड एसोसिएट्स  बीच प्रतिस्पर्धा हुनेछ। पहिलो सेमीफाइनलमा अनिश एण्ड एसोसिएट्सले  कासा युपीबि युथ्सलाई ३ विकेटले पराजित गरेको थियो।

फाइनल पुग्न ६५ रनको लक्ष्य पाएको सुब्रत एस एण्ड एसोसिएट्सले ११. ३ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। उसको लागि आश्रय बस्नेतले अविजित ३५ रन बनाए भने चण्डेश्वर चौधरीले २४ रन बनाए।

यस अघि केजे एण्ड एसोसिएट्सले १७. २ ओभरमा ६४ रनमा सबै विकेट गुमाएको थियो। सुब्रत एस एण्ड एसोसिएट्सको बलिंगमा प्लेयर अफ द म्याच घोषित बिष्णु कंडेलले ३ तथा चण्डेश्वर चौधरीले २ विकेट लिए। केजे एण्ड एसोसिएट्सको लागि मौषम मिश्राले १७ र सुरज पाण्डेले १२ रन बनाए।

प्रतियोगिताको विजेताले एक लाख ४० हजार रुपैयाँ पाउने छन्। यस्तै, उपविजेतालाई ७० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ। प्रतियोगिताका खेल लिगकम नकआउटमा सञ्चालन हुनेछ।

बिक्रम संवत् २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना बिभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy