प्रम कप महिला : फाइनल पुग्न एपीएफलाई ६१ रनको लक्ष्य

दाङमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिता अन्तर्गत पहिलो सेमीफाइनलमा सुदूरपश्चिम प्रदेश र विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर ब्याटिंग रोजेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ७ विकेट गुमाएर ६० रन बनाउदै एपीएफलाई ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ। कुहिरोको कारणले खेल ढिला सुरु भएकोले १६ ओभरमा झारिएको थियो। स्कोरकार्ड 

सुदूरपश्चिमको ब्याटिंगमा कविता जोशीले सर्वाधिक २२, रेवती धामीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सउमनले दोहोरो अंकमा रन बनाउन सकेनन्। कविता कुँवरले ९, ऋतु कनोजियाले ४, सम्झना खड्का र लक्ष्मी साउदले समान ३ रन बनाए।

एपीएफको बलिंगमा अफ स्पिनर करुणा भण्डारीले सर्वाधिक ३ विकेट लिईन् जुन क्रममा ४ ओभरमा मात्र ११ रन खर्चिन्। सिता राना मगरले १ विकेट लिईन्। ३ जना सुदूरपश्चिमका खेलाडीहरु रन आउट भए।

प्रतियोगिताको अघिलो संस्करणको फाइनलमा एपीएफले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो।

एपीएफ समुह ‘ए’ को विजेता तथा सुदूरपश्चिम प्रदेश समुह ‘बि’ को उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो। आजै दिउसो १:१५ बजे सुरु हुने दोश्रो सेमीफाइनलमा प्रदेश-१ र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy