लुम्बिनीलाई हराउँदै मधेस सेमिफाइनलमा

लुम्बिनी प्रदेशमाथि १६ रनको रोमाञ्चक जित निकाल्दै मधेस प्रदेश इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। स्कोरकार्ड 

इटहरीको जनता पार्कमा सम्पन्न बुधवारको पहिलो खेलबाट सुखद नतिजा निकाल्दै मधेस प्रदेशले अन्तिम चारमा स्थान बनाएसँगै इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि समूह ‘ए’बाट सुदूरपश्चिम समूह विजेता र एपिएफ उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेका थिए। यस्तै समूह ‘बी’बाट प्रदेश १ सबै खेलमा जित निकाल्दै नकआउट चरणमा पुगेको थियो।

बुधवार अन्तिम चारमा स्थान बनाउने क्रममा मधेसले प्रस्तुत गरेको १०८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर मात्र ९१ रन जोड्न सक्यो। लुम्बिनीका लागि रञ्जु श्रेष्ठ र मधु डिसीले अविजित समान २१ रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन।

यसअघि ओपनर लक्ष्मी चौधरीले १२ रन जोड्दै मध्यम सुरुवात गर्दा आस्मा पुलामी मगर र कप्तान सरस्वती जिएमले समान ११ रनको पारी खेलेका थिए। यस बाहेक सरस्वती पुनले १० रन जोड्दा सुस्मिता बजगाईँ शून्यमा पेभेलियन फर्किन्। लुम्बिनीको इनिङ रोक्ने क्रममा मधेसकी भूमि सिंहले दुई तथा कप्तान कविता गौतमले एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेसले पूरै २० ओभरमा पाँच विकेटको क्षतिमा १०७ रन बनाएको थियो। मधेसका लागि साना प्रविनले ६४ बलमा पाँच चौका मद्दतमा सर्वाधिक ४६ तथा रोजी कडारीले १५ रन बनाए भने अन्य खेलाडीले दोहोरो अङ्कको स्कोर गर्न सकेनन्। लुम्बिनीका लागि मनीषा राना, सरस्वती पुन र बिवास्ना जिसीले समान एक विकेट लिए।

प्रतियोगितामा शुक्रवार सेमिफाइनल खेल हुनेछन्। दिनको पहिलो सेमिफाइनल खेल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा दोस्रो सेमिफाइनल खेल एपिएफ र प्रदेश १ बीच हुनेछ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]