T20WC : दक्षिण अफ्रीकालाई सेमीफाइनल पुग्न यस्तो बाटो

युएईमा जारी टि-ट्वान्टी विश्वकपको समुह ‘१’ को अन्तिम खेलमा इंग्ल्यान्ड र दक्षिण अफ्रीका प्रतिस्पर्धा गर्दैछन्। यो खेलमा समुह ‘१’ बाट सेमीफाइनल पुग्ने दुई टिम तय हुनेछ। तर नेट रन रेटमा इंग्ल्यान्ड र अस्ट्रेलिया भन्दा पछि हुँदा दक्षिण अफ्रीकाले ठूलो जित दर्ता नगरे सेमीफाइनल पुग्न असफल हुनेछ।

खेलमा टस हारेर दक्षिण अफ्रीकाले ब्याटिंग गर्दैछ। दक्षिण अफ्रीका सेमीफाइनल पुग्नको लागि इंग्ल्यान्डलाई करिब ६० रनको अन्तरले पराजित गर्नुपर्ने समीकरण रहेको छ। यदी दक्षिण अफ्रीकाले १६० रन बनाए इंग्ल्यान्डलाई ९९ रनमै रोक्नुपर्नेछ। पिच ब्याटिंग गर्न कठिन हुँदा दक्षिण अफ्रीकाको सेमीफाइनल यात्रा कठिन देखिन्छ।

अंकतालिकामा इंग्ल्यान्ड ४ खेलमा ८ अंक सहित +३.१८३ को बलियो नेट रन रेट सहित पहिलो स्थानमा छ भने अस्ट्रेलिया ५ खेलमा ८ अंक सहित +१.२१६ नेट रन रेट सहित दोश्रो स्थानमा छ। ४ खेलमा ६ अंक र +०.७४२ नेट रन रेट रहेको दक्षिण अफ्रीकाले जित दर्ता गरेता पनि नेट रन रेटमा कम्तिमा अस्ट्रेलियालाई पछि पार्नुपर्नेछ। इंग्ल्यान्ड विजयी भएको खण्डमा इंग्ल्यान्ड समुह विजेता र अस्ट्रेलिया समुह उप-विजेताको रुपमा सेमीफाइनल पुग्नेछ।

टसको क्रममा दक्षिण अफ्रिकी कप्तान तेम्बा बभुमाले राम्रो ब्याटिंग गर्दै ठूलो स्कोर बनाएर योगफल रक्षा गर्दै सेमीफाइनल पुग्ने प्रयास गर्ने बताए।

दक्षिण अफ्रीकाको अन्तिम ११ : क्विन्टन डीकक ( विकेटकिपर ) , रेजा हेन्ड्रिक्स, रसि भान डर डुसेन, तेम्बा बभुमा ( कप्तान ) , एडेन मारक्रम, डेभिड मिलर, ड्वेन प्रिटोरियस, कागीसो रबाडा, केशव महाराज, एनरिक् नोर्कीया, तब्रेज शाम्सी

इंग्ल्यान्डको अन्तिम ११ : जेसन रोय, जोस बटलर ( विकेटकिपर ) , डेविड मलान, जोनी बेयरस्टो, ओएन मोर्गन ( कप्तान ) , लियाम लिभिंगस्टोन

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy