T20WC : दक्षिण अफ्रीकालाई सेमीफाइनल पुग्न यस्तो बाटो

युएईमा जारी टि-ट्वान्टी विश्वकपको समुह ‘१’ को अन्तिम खेलमा इंग्ल्यान्ड र दक्षिण अफ्रीका प्रतिस्पर्धा गर्दैछन्। यो खेलमा समुह ‘१’ बाट सेमीफाइनल पुग्ने दुई टिम तय हुनेछ। तर नेट रन रेटमा इंग्ल्यान्ड र अस्ट्रेलिया भन्दा पछि हुँदा दक्षिण अफ्रीकाले ठूलो जित दर्ता नगरे सेमीफाइनल पुग्न असफल हुनेछ।

खेलमा टस हारेर दक्षिण अफ्रीकाले ब्याटिंग गर्दैछ। दक्षिण अफ्रीका सेमीफाइनल पुग्नको लागि इंग्ल्यान्डलाई करिब ६० रनको अन्तरले पराजित गर्नुपर्ने समीकरण रहेको छ। यदी दक्षिण अफ्रीकाले १६० रन बनाए इंग्ल्यान्डलाई ९९ रनमै रोक्नुपर्नेछ। पिच ब्याटिंग गर्न कठिन हुँदा दक्षिण अफ्रीकाको सेमीफाइनल यात्रा कठिन देखिन्छ।

अंकतालिकामा इंग्ल्यान्ड ४ खेलमा ८ अंक सहित +३.१८३ को बलियो नेट रन रेट सहित पहिलो स्थानमा छ भने अस्ट्रेलिया ५ खेलमा ८ अंक सहित +१.२१६ नेट रन रेट सहित दोश्रो स्थानमा छ। ४ खेलमा ६ अंक र +०.७४२ नेट रन रेट रहेको दक्षिण अफ्रीकाले जित दर्ता गरेता पनि नेट रन रेटमा कम्तिमा अस्ट्रेलियालाई पछि पार्नुपर्नेछ। इंग्ल्यान्ड विजयी भएको खण्डमा इंग्ल्यान्ड समुह विजेता र अस्ट्रेलिया समुह उप-विजेताको रुपमा सेमीफाइनल पुग्नेछ।

टसको क्रममा दक्षिण अफ्रिकी कप्तान तेम्बा बभुमाले राम्रो ब्याटिंग गर्दै ठूलो स्कोर बनाएर योगफल रक्षा गर्दै सेमीफाइनल पुग्ने प्रयास गर्ने बताए।

दक्षिण अफ्रीकाको अन्तिम ११ : क्विन्टन डीकक ( विकेटकिपर ) , रेजा हेन्ड्रिक्स, रसि भान डर डुसेन, तेम्बा बभुमा ( कप्तान ) , एडेन मारक्रम, डेभिड मिलर, ड्वेन प्रिटोरियस, कागीसो रबाडा, केशव महाराज, एनरिक् नोर्कीया, तब्रेज शाम्सी

इंग्ल्यान्डको अन्तिम ११ : जेसन रोय, जोस बटलर ( विकेटकिपर ) , डेविड मलान, जोनी बेयरस्टो, ओएन मोर्गन ( कप्तान ) , लियाम लिभिंगस्टोन





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]