स्कुल क्रिकेट लिग : युनाइटेड, डीएभी, मोक्षदा र अक्षरा सेमीफाइनलमा

२०७९ जेष्ठ २४, मंगलवार १९:०९

ग्रेट हिमालय क्रिकेट एकेडेमीको आयोजनामा ललितपुरको हत्तिबनमा जारि इन्डोर स्कुल क्रिकेट लिगको सेमीफाइनल समीकरण पुरा भएको छ।

युनाइटेड स्कुल र डीएभी स्कुल तथा मोक्षदा स्कुल र अक्षरा स्कुल बुधबार फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछन्। भोलिनै फाइनल पनि हुनेछ।

सेमीफाइनलमा स्थान पक्का गर्ने क्रममा युनाइटेडले काभ्या स्कुललाई ७ विकेटले तथा अक्षरा स्कुललाई ६ विकेटले पराजित गर्यो। यस्तै एलआरई स्कुलसंग ५ विकेटले पराजित डीएभीले निस्ट स्कुललाई १०८ रनले पराजित गर्यो।

मोक्षदा स्कुलले एलआरआईलाई सुपर ओभरमा तथा रोजबडलाई ६७ रनले पराजित गय्रो। अक्षर स्कुलले सैनिक स्कुललाई ७ विकेटले पराजित गर्दा युनाइटेडसंग पराजित भएता पनि सेमीफाइनलमा स्थान पक्का गर्न सक्यो।

मंगलबार सम्पन्न अन्य खेलहरुमा सैनिक स्कुलले एभरेस्ट स्कुललाई ५३ रनले तथा काभ्या स्कुलले एभरेस्ट स्कुललाई १३ रनले पराजित गरेता पनि सेमीफाइनलमा स्थान बनाउन असफल रहे।

प्रतियोगितामा युनाइटेड स्कुल, एभरेष्ट स्कुल, अक्षरा स्कुल, काभ्या स्कुल, सैनिक स्कुल, मोक्षदा स्कुल, निस्ट स्कुल, एलआरआई स्कुल, रोजबड स्कुल र डीएभी स्कुल गरि उपत्यकाका १० टिमहरु सहभागी छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy