T20WC : यस्तो छ न्युजिल्यान्ड, भारत र अफगानिस्तानको सेमीफाइनल पुग्ने समीकरण

टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणको समुह ‘२’ बाट पाकिस्तान एक खेल अगावै सेमीफाइनल पुग्न सफल भइसकेको छ भने स्कटल्याण्ड तिन वटै खेलमा हार पछि बाहिर भैसकेको। सेमीफाइनल पुग्ने अर्को टिमको लागि भने न्युजिल्यान्ड, अफगानिस्तान, भारतको दौड जारि छ। सेमीफाइनल दौड रोचक बन्दै गर्दा समुह ‘२’ का टिमहरु कसरि सेमीफाइनल प्रवेश गर्न सक्नेछन् भन्ने समीकरण यो लेखमा प्रस्तुत गरेका छौँ –

भारत  ( खेल ३ , अंक २ , नेट रन रेट – ०.०७३, बाँकी खेल – स्कटल्याण्ड र नामिबियासंग ) : अफगानिस्तानसंग खेल अघि भारतको नेट रन रेट -१.६०९ थियो जुन खेलपछि ०.०७३ पुगेको छ भने अफगानिस्तानको नेट रन रेट ३.०९७ बाट झरेर १.४८१ पुगेको छ। यदी भारतले आफ्नो बाँकी दुई खेल स्कटल्याण्ड र नामिबियासंग दुवै खेलको जोड १२० रनले ( १८० योगफल बनाएर ) जितेको खण्डमा भारतको नेट रन रेट १.३०३ भन्दा माथि पुग्नेछ। र भारतले अफगानिस्तानलाई पराजित गरेको खण्डमा अफगानिस्तानको नेट रन रेट तल झर्नेछ। यसो भएको खण्डमा अफगानिस्तानले न्युजिल्यान्डलाई कम्तिमा १२ रनले ( १५० योगफल बनाएर ) पराजित गरेमा भारत सेमीफाइनल पुग्नेछ।

अर्कोतर्फ न्युजिल्यान्ड अफगानिस्तानसंग खेल्नु अघि नामिबियासंगको खेल जित्दै आफ्नो नेट रन रेटमा अझै सुधार गर्न चाहन्छ। यदी भारतले स्कटल्याण्डलाई र न्युजिल्यान्डले बाँकी दुई खेल मध्ये एउटा खेलमा हार बेहोरे नामिबियासंगको खेलले भारतको यात्रा निर्धारण गर्नेछ। त्यसको मतलब भारतलाई थाहा हुनेछ कि सेमीफाइनल पुग्न के गर्नुपर्छ।

न्युजिल्यान्ड ( खेल ३, अंक ४, नेट रनरेट ०.८१६, बाँकी खेल – नामिबिया र अफगानिस्तानसंग ) : न्युजिल्यान्डले स्कटल्याण्डलाई पराजित गरेता पनि जितको अन्तर सोचेको भन्दा कम थियो त्यसले गर्दा टिमको नेट रनरेट ०.७६५ बाट बढेर ०.८१६ मात्र पुग्न सक्यो। नामिबिया बिरुद्ध न्युजिल्यान्डले पहिले ब्याटिंग गर्दै १८० रन बनायो र ६० रनले खेल जित्यो भने न्युजिल्यान्डको नेट रन रेट १.३९१ पुग्नेछ। तर यदी, अफगानिस्तानसंग १५० रनको लक्ष्य पछ्याउने क्रममा १ रनले मात्रै खेल हारेको खण्डमा पनि नेट रन रेट झरेर १.०९४ पुग्नेछ। त्यसो भए उक्त नेट रन रेट भारतले बाँकि दुई खेल जितेमा पार गर्न सक्छ।

तर न्युजिल्यान्डको लागि सहज बाटो बाँकी दुई खेल जित्ने र ८ अंक सहित सेमीफाइनल पुग्नु हो। तर न्युजिल्यान्डको खेल तालिका सहज छैन दुबईमा बुधबार अन्तिम खेल खेलेको उसले नामिबियासंग शारजाह स्टेडियममा शुक्रबार खेल्नेछ भने अफगानिस्तानसंग आइतबार शेख जायद स्टेडियममा खेल्नेछ। अफगानिस्तानले आफ्नो अन्तिम दुई खेल र शेख जायद स्टेडियमनै खेलेको थियो भने उसले न्युजिल्यान्डसंग खेल्नु अघि ३ दिन आराम पनि पाउनेछ।

अफगानिस्तान ( खेल ४, अंक ४, नेट रन रेट १.४८१ , बाँकि खेल – न्युजिल्यान्डसंग ) : भारतसंग ६६ रनको हार पछि अफगानिस्तानको नेट रन रेट झर्न पुग्यो। उसले अन्तिम खेलमा न्युजिल्यान्डलाई पराजित गर्नुको साथै निश्चित अन्तरले पनि पराजित गर्नुपर्नेछ। किनकि भारतले नामिबियासंग अन्तिम खेल खेल्ने हुँदा भारतलाई विशाल जितको आवस्यकता होस्। माथि उल्लेख गरिएझैं यदी भारतले दुवै खेल जोड गर्दा १२० रनको अन्तरले जित्यो भने अफगानिस्तानले न्युजिल्यान्डलाई १२ रनको अन्तरले पराजित गरेमा नेट रन रेटमा भारत भन्दा अघि हुनेछ ( यो मानेर कि पहिलो इनिंग्सको योगफल भारतको १८० र अफगानिस्तानको १५० रन ) ।

भारत र न्युजिल्यान्डले एक/एक खेल खेलेपछि अफगानिस्तानको नेट रन रेटको परिस्थिति अझ स्पष्ट हुनेछ। अफगानिस्तानलाई फाइदाको कुरा उसले शेख जायद स्टेडियम अबुधाबीमा अन्तिम दुई खेल खेलेको थियो भने न्युजिल्यान्डसंग सोहि मैदानमा खेल्नु अघि तिन दिन आराम पनि पाउनेछ।

नामिबिया ( खेल ३, अंक २, नेट रन रेट -१.६००, बाँकी खेल : न्युजिल्यान्ड र भारतसंग ) : बाँकी दुई खेलमा भारत र न्युजिल्यान्डलाई पराजित गरेको खण्डमा नामिबियाको ६ अंक हुनेछ। तर नेट रन रेट -१.६०० हुनुले उक्त नतिजा आइहाले पनि नामिबियाको यात्रा असम्भव देखिन्छ। एउटा हारले नामिबियाको यात्रा अधिकारिक रुपमा समाप्त हुनेछ।





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]