सेन्चुरी ब्यांक कर्पोरेट क्रिकेटको चौथो सिजन घोषणा

  • विकेटनेपाल, ३१ भदौ 

नेपालकै सबैभन्दा ठुलो कर्पोरेट क्रिकेट प्रतियोगिता सेन्चुरी ब्यांक कर्पोरेट सुपर सिक्सेज प्रतियोगिताको चौथो सिजनको घोषणा भएको छ ।

शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमाझ घोषणा गरिएको प्रतियोगिता नोभेम्बर ७ देखि ११ ( कार्तिक २१ देखि २५ ) सम्म त्रिभुवन बिश्वविद्यालय मैदानमा आयोजना हुनेछ ।

एसएस इभेन्ट्सले आयोजना गर्ने प्रतियोगितालाई पहिलो ३ सिजन मुख्य प्रायोजक रहेको सेन्चुरी ब्यांकलेनै मुख्य प्रायोजन गर्नेछ।

कुल २४ टिमले सहभागिता जनाउने प्रतियोगिताको सहभागी टिमहरुलाई ८ वटा समुहमा बिभाजन गरेर लिग चरणको खेल खेलाईनेछ । प्रत्येक समुहको टिमले एक-अर्कासंग खेलीसकेपछि प्रत्येक समुहबाट २ वटा टिम प्रि-क्वार्टरफाइनल खेल्न छनौट हुनेछ । प्रि-क्वार्टरफाइनलबाट क्वार्टरफाइनलमा ८ टिम हुँदै सेमीफाइनल र फाइनल खेल खेलिनेछ ।

प्रतियोगिताको सबै खेलहरु रास्ट्रिय टिभीबाट प्रत्यक्ष प्रशारण हुने इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले जानकारी गराएका छन् । प्रतियोगिताको कुल बजेट ३२ लाख रुपैयाँ रहेको समेत शिवाकोटीले बताए ।

प्रतियोगिताको बिजेता टिमले आगामी बर्ष निशुल्क इन्ट्री पाउनेछ l यस्तै उपविजेता टिम, रनर अप, म्यान अफ द सिरिज, बेस्ट बलर/ब्याट्सम्यान , बेस्ट फिल्डर लगायतलाई बिशेष पुरस्कार प्रदान गरिनेछ l

यो पटक प्रतियोगितामा रोमान्च थप्न मैदानमा लाइभ कन्सर्ट आयोजना गर्ने शिवाकोटीले जानकारी गराएका छन् l

तेश्रो सिजनको उपाधि सेन्चुरी ब्यांकले जितेको थियो l

गत बर्ष सेन्चुरी ब्यांकले फाइनलमा नेपाल एसबिआई ब्यांकलाई पराजित गर्दै तेश्रो सिजनको उपाधि आफ्नो पक्षमा पारेको थियो l

प्रतियोगितामा सहभागी उने १५ वटा टिमको टुंगो लागिसकेको तथा बाँकी टिमहरु दशैंसम्म आईसक्ने छन् l टिम इन्ट्री गर्न ६५ हजार रुपियाँ ( भ्याट सहित ) लाग्नेछ l

सुपर सिक्सेज क्रिकेट ५-५ ओभर प्रति इनिंगमा खेलिने गरिन्छ l यसपालि पहिलो पटक खेलमा पिंक बल प्रयोग गर्ने समेत बताईएको छ l

पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिताका ब्राण्ड एम्बासडर सुबास खकुरेल

 





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]