“चुनौती भन्दा पनि मेरो लागि प्रमाणित गर्ने अवसर हो” रोहित पौडेल

Rohit Paudel

युएई राष्ट्रिय क्रिकेट टिमले नेपाल भ्रमण अन्तर्गत सोमबार ( नोभेम्बर १४ ) देखि तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ। खेलको पूर्वसन्ध्यामा नेपाल क्रिकेट संघले दुई देशका कप्तान तथा प्रशिक्षक सम्मिलित पत्रकार सम्मेलन गरेको थियो।

सन्दिप लामिछानेको स्थानमा राष्ट्रिय टिमको कप्तान नियुक्त भएका रोहित पौडेलले सिरिजको लागि नेपाली टिम तयार रहेको र कप्तानको रुपमा आफुलाई सिरिजमा प्रमाणित गर्ने अवसरको रुपमा लिएको बताएका छन् –

“म क्यानलाई सिरिज आयोजनाको लागि धन्यवाद दिन चाहन्छु। हामीले सिरिज अघि राम्रो तयारी गरेका छौँ। भर्खरै प्रधानमन्त्री कप खेलेका छौँ त्यसैले पनि हामी राम्रोसंग तयार छौँ”

“चुनौती भन्दा पनि मेरो लागि यो प्रमाणित गर्ने अवसर हो। सिरिजमा हामीलाई घरेलु दर्शकको साथ पनि हुनेछ त्यसैले उत्साहित छु।”

रोहितले टिम सन्तुलित रहेको र परिस्थिति अनुसार अन्तिम एघार चयन गर्ने बताए –  “टिम एकदमै सन्तुलित देखिएको छ। नयाँ खेलाडीहरु जस्तै भिमले लामो समय देखि मौका पाएको छैन त्यसैले भोलिको खेलमा परिस्थिति अनुसार टिम छनोट गर्नेछौँ।”

युएईका कप्तान सिपि रिजवानले नेपाली टिमलाई हल्का रुपमा नलिने बताए – “हामीलाई निम्तो दिनु भएकोमा क्यानलाई धन्यवाद , सिरिजको लागि उत्साहित छौँ। हामीले एकअर्कासंग यस अघि पनि खेलीसकेका छौँ त्यसैले हामीले सहज रुपमा लिएका छैनौ”

“नेपाल क्रिकेट खेललाई निकै माया गर्ने राष्ट्र हो , युएईमा खेल्दा समेत मैले त्यो महसुस गरेको छु। नेपालमै खेल हुँदा त झन् म त्यसलाई महसुस गर्न उत्साहित छु।”

रिजवानले भर्खरै सम्पन्न टि-२० विश्वकपमा पाएको अनुभवलाई सिरिजमा लागु गर्ने बताए – “विश्वकपको अनुभव निकै राम्रो रह्यो, हामीले धेरै कुरा सिक्न पायौं। विश्वकपबाट सकारात्मक पक्षलाई लिएर अघि बढेका छौँ।”

“नेपाल राम्रो युवा टिम छ र नयाँ कप्तान रोहितलाई म चिन्छु ऊ निकै राम्रो ब्याट्सम्यान हो। नेपाल विगतमा राम्रो क्रिकेट खेल्दै आएका छ। म निश्चित छु कि नेपालले हामीलाई कठिन चुनौती दिनेछ त्यसैले कुनै पनि कुरा हल्का रुपमा छैनौ र प्रत्येक खेललाई महत्वका साथ हेर्नेछौँ।

युएईका प्रशिक्षक रोबिन सिंहले नेपाललाई हल्का रुपमा नलिने बताए  “विश्वकपबाट सिकेका कुरा हरुलिई सिरिजमा लागु गर्ने प्रयास गर्नेछौँ। विश्वकपबाट पाएको आत्मविश्वासलाई खेलमा ल्याउने छौँ। एसोसिएट क्रिकेटमा कुनै पनि देशलाई हल्का रुपमा लिन हुँदैन, किनकि कुनै पनि देशले कुनै पनि दिन कसैलाई पनि हराउन सक्छ।”

नेपालका प्रशिक्षक मनोज प्रभाकरले सिरिज युवा खेलाडीको प्रदर्शन हेर्न तथा विश्वकप लिग-२ अन्तर्गत आगामी सिरिजको तयारीको लागि महत्वपूर्ण रहेको बताए।

सिरिजको खेलहरुको प्रत्यक्ष प्रशारण कान्तिपुर गोल्ड च्यानलले गर्नेछ। नोभेम्बर १४, १६ र १८ तारिखमा सिरिजको तिन वटा एकदिवसीय अन्तर्राष्ट्रिय हुनेछन्।

 





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]