यसरी पुग्नेछ नेपाल एसिया कपको सेमिफाइनलमा…

२०८१ श्रावण ६, आईतवार १०:३७

काठमाडौं । श्रीलंकामा जारी नवौं संस्करणको एसिया कपमा नेपालले युएईलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो । आफ्नो पहिलो खेलमा शुक्रबार युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले एसिया कपको ईतिहासमा नै पहिलो जित हात पार्यो ।

आईतबार बेलुका नेपालले पाकिस्तानसँग खेल्दैछ । नेपाली टोली यस खेललाई ऐतिहासिक बनाउँन चाहन्छ । यो खेलमा जित निकाल्दै नेपाल सेमिफाइनल प्रवेश गर्न चाहन्छ । नेपाल फाइनलमा पुग्ने समिकरण स्पष्ट रहेको छ । आईतबार दिउसो हुने खेलमा भारतले युएईलाई पराजित गर्ने र साँझ नेपालले पाकिस्तानलाई पराजित गरेमा नेपाल सेमिफाइनल प्रवेश गर्नेछ ।

यदी आजको खेलमा पराजित भए पनि नेपालले सेमिफाइनल प्रवेशको अवसर भने गुमाउँने छैन । मंगलबारको खेलमा युएईले पाकिस्तानलाई पराजित गर्ने र नेपालले भारतलाई पराजित गरेमा नेपाल सेमिफाइनल प्रवेश गर्नेछ ।

नेपालले शुक्रबार युएईलाई ६ विकेटले पराजित गर्दै एसिया कप ईतिहासको पहिलो जित दर्ता गरेको थियो । पाकिस्तान भने पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy