फाइनलमा शाहब आलमले ५ विकेट लिंदा रुपन्देही सुपर लिगको उपाधी लुम्बिनीलाई

  • विकेटनेपाल – ९ चैत्र, शनिवार 

। प्रकाश न्यौपाने ( भैरहवा )

नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहियाले जितेको छ। शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा सम्पन्न खेलमा खुकुरीले शिवशक्ति क्रिकेट क्लब भैरहवालाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक र लिग इतिहासमा नवौंपटक उपाधि चुम्न सफल भएको हो।

जितसँगै खुकुरीले ७५ हजार नगद र ट्रफी प्राप्त गर्यो। उपविजेता शिवशक्तिले ३५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो।

फाइनलमा जितका लागि शिवशक्तिबाट पाएको ९० रनको झिनो लक्ष्य खुकुरीले १४.१ ओभरमा १ विकेट गुमाएर ९५ रन बनाउँदै पुरा गर्यो। उसका लागि शंकर रानाले अविजित ५१ र अन्तिम थापाले अविजित ३३ रन बनाए।

बलिङमा शिवशक्तिका कृषि कार्कीले १ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको शिवशक्तिले निर्धारित ५० ओभरको खेलमा ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो। उसका लागि हरजित सिंहले अविजित  ४३ र कृष्ण कार्कीले १५ रन बनाएका थिए।

Shahab Alam
Shahab Alam

बलिङमा खुकुरीका साहव आलमले ५ तथा रमेश कुर्मीले ३ विकेट लिएका थिए । साहव खेलको म्यान अफ द फाइनल घोषित भए।

लिगमा खुकुरीका शंकर राना म्यान अफ द सिरीज र बेष्ट ब्याट्सम्यान घोषित भए। सिरिज र ब्याट्सम्यानको गरी उनले नगद २० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे। यस्तै वेस्टर्न क्रिकेट क्लब बुटवलका विक्रम सोब बेष्ट बलर घोषित हुँदा नगद ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।

विजयी खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्ल, प्रदेश पाँच खेलकुद विकास समिति सदस्य उमा अधिकारी, नेपाल टेलिकम क्षेत्रीय कार्यालय भैरहवाका सहायक ब्यापार अधिकृत रामप्रसाद खनाल, एसबीआइ बैंक भैरहवाका शाखा प्रबन्धक प्रविणमुनी बज्राचार्य, सिद्धार्थनगर ३ का वडाअध्यक्ष थानेश्वर पौडेल र विके ज्वेलर्सका संचालक सुनिल सेन्चुरी लगायतले पुरस्कार प्रदान गरे।

रुपन्देही क्रिकेट संघको आयोजनामा फागुन ६ गतेदेखि संचालित प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको थियो भने विके ज्वेलर्स, सगरमाथा इन्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका थिए । प्रतियोगितामा जिल्लाका ए र बी गरी २० टिमको सहभागिता थियो ।





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]