स्कोर बराबर हुँदा शंकरनगर फाईनलमा : शशिकान्त-शकुन्तला टि-२० क्रिकेट

फोटो फिचर : अमरसिंह रौटेला (शिवशक्ति क्रिकेट क्लब)

  • विकेटनेपाल – ३ चैत्र, शनिवार

रुपन्देहीमा जारी जिल्ला स्तरीय शशिकान्त – शकुन्तला बर्मा मेमोरियल रुपन्देही टि-२० क्रिकेट प्रतियोगितामा शनिवारको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब र शंकरनगर क्रिकेट क्लबले जित दर्ता गरेका छन्। जितसंगै दुवै टोलिले अन्तिम – ४ मा आफ्नो स्थान समेत बनाए।

सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा खुकुरीले एपेक्स तिरुपति क्रिकेट क्लब भैरहवामाथि १० विकेटको सहज जित दर्ता गर्यो।

जितका लागि पाएको ८६ रनको लक्ष्य खुकुरीले मात्र ९ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो। खुकुरीको जितमा अन्तिम थापाले ४८ तथा शंकर रानाले ३८ रनको योगदान दिए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको तिरुपतिले १७.२ ओभरमा अलआउट हुनअघि ८५ रनको समान्य स्कोर जोडेको थियो। उसका लागि अमित कौशिल्याले ३४ तथा विपिन न्यौपानेले २१ रन बनाएका थिए। तिरुपतिको इनिंगलाई सस्तैमा समेट्न म्यान अफ द म्याच समेत रहेका खुकुरीका साहव आलमले ६ विकेट चट्काएका थिए।

Man Of The Match : Shahab Alam

दोस्रो खेल : रोमान्चक खेलमा शंकरनगर बिजयी, अमरसिंह रौटेलाले जोगाउन सकेनन् शिवशक्तिको हार

दिनको दोस्रो खेलमा शंकरनगर र शिवशक्ति क्रिकेट क्लब भैरहवाले बराबर स्कोर बनाएपछि रनरेटका आधारमा शंकरनगर सेमिफाइनलमा प्रवेश गरेको छ।

टस जित्दै पहिला ब्याटिङ गरेको शिवशक्तिले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७२ रन बनाएको थियो। उसका लागि म्यान अफ द म्याच अमरसिंह रौटेलले अविजित ८१ रन जोडेका थिए। यस्तै सिद्धान्त अधिकारीले २६ तथा प्रथम पराजुलीले १९ रन बनाए। शंकरनगरको बलिंगमा धिरज शाहीले ३ विकेट चट्काएका थिए।

Sandeep Sunar
Sandeep Sunar

जवाफी ब्याटिंगमा उत्रिएको शंकरनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रननै बनायो। उसको चेजमा संदीप सुनारले ८७ रनको उत्कृस्ट इनिंग खेले। यस्तै अजय कौशिल्याले २२ तथा देव खनाल र दिपचन शर्माले समान २०-२० रन बनाए। बलिङमा शिवशक्तिका अमरसिंह रौटेला र हरजित सिंहले समान २/२ विकेट हात पारे।

आइतबार वेष्टर्न क्रिकेट क्लब बुटवल र साई ग्लोबल क्रिकेट क्लब भैहरवा तथा बुम एमसिसी क्रिकेट क्लब भैरहवा र देवदह क्रिकेट युनिट देवदहबीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए। प्रतियोगितामा बिजयी टिमले ५० हजार रुपैयाँ र उपबिजेताले २५ हजार रुपैयाँ तथा ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै गरी म्यान अफ दि सिरिज ले १० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । जिल्लाका ‘ए’ डिभिजनका १२ टिम सहभागि रहेको प्रतियोगिता चैत ८ गतेसम्म चल्ने छ ।





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]