कति होला अफ्रिदीको वास्तविक उमेर ? आफैले खुलाए वास्तविकता

  • विकेटनेपाल, बैशाख २१ – शनिबार

पाकिस्तानका पुर्व कप्तान शहिद अफ्रिदीले आफ्नो वास्तविक उमेर सार्वजनिक गरेका छन्। आफ्नो जीवनी समेटिएको पुस्तक ‘गेम चेन्जर’ मा उनले आफ्नो खेल जीवनको धेरै प्रसंगहरुलाई समेत उजागर गरेका छन्।

विश्व क्रिकेटमा बारम्बार खेलाडीहरुको वास्तविक उमेर र अधिकारिक उमेर बारे प्रसंग उठ्ने गरेको छ। अफगानिस्तानका स्टार स्पिनर राशिद खानलाई बारम्बार क्रिकेट फ्यानहरुले उमेर ढाँटेकोमा ‘ट्रल’ गर्ने गरेका छन्। विदेशी मात्रै हैन नेपाली खेलाडी राजु रिजाल पनि सन् २०१६ को अन्डर-१९ विश्वकपमा उमेर र वास्तविक नाम विवादमा आएका थिए। दक्षिण एसियामा खेलाडीहरुले वास्तविक उमेर लुकाउने प्रवृति नलुकेको अवस्थामा शहिद अफ्रिदीले आफ्नो वास्तविक उमेर सार्वजनिक गर्दा विश्व क्रिकेटमा पुनः उमेरको बहसले चर्चा पाएको छ।

आफ्नो बायोग्राफी ‘गेम चेन्जर’ मा विस्फोटक ब्याट्सम्यान तथा धारिलो लेग स्पिन अफ्रिदीले वास्तविक उमेरबारे समेत खुलासा गरेका हुन्। बायोग्राफीमा सन् १९९६ को अक्टोबरमा पाकिस्तानको राष्ट्रिय टिममा स्थान बनाएको प्रसंगलाई उल्लेख गर्दै आफ्नो जन्म सन् १९७५ मा भएको लेखेका छन्। १९७५ भनिए पनि पुरा मिति भने उनले खुलाएका छैनन्।

अफ्रिदीले भने अनुसार उनको हाल वास्तविक उमेर ४४ वर्ष रहेको छ। आईसीसीको आधिकारिक उमेरमा अफ्रिदीको जन्म १९८० मार्च १ लेखिएको छ जसको अर्थ उनको वास्तविक उमेर र आईसीसीको रेकर्डमा भएको उमेरमा ५ वर्षको फरक पाइएको छ।

सन् १९९६ मा श्रीलंका बिरुद्द उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपल्ट ब्याटिंग गर्दै ३७ बलमा शतक प्रहार गरेका थिए। जुन एकदिवसीय क्रिकेटको सबैभन्दा छिटो प्रहार गरिएको शतक थियो। १७ बर्षपछी यो किर्तिमान न्युजिल्यान्डका कोरी एण्डर्सन र त्यसपछि दक्षिण अफ्रिकाका एबी डी भिल्लियर्सले तोडे। अफ्रिदीले किताबमा त्यस बेला आफ्नो उमेर १९ वर्षको रहेको लेखेका छन् तर उनले भने अनुसार १९७५ मा जन्मेको भए त्यस बेला उमेर २१ वर्ष भइसकेको थियो।

उनि राष्ट्रिय टिमबाट खेल्नको लागि वेस्ट इन्डिजमा पाकिस्तानको यु-१९ सिरिज खेलेर आएका थिए। यसको अर्थ उनि त्यो समयमा १९ बर्षभन्दा बढी भैसकेका थिए।

अफ्रिदीले सन् १९९६ मा डेब्यु गरेका थिए

त्यस्तै उनले सन् २०१६ मा पाकिस्तानको लागि अन्तिम खेल खेल्दा मिडियामा आएको जस्तो ३६ बर्ष नभएर ४०/४१ बर्षको भएको पुस्टि हुन्छ।

अफ्रिदीले आफ्नो जीवनीमा पाकिस्तान पुर्व कप्तान वकार युनिस , इमरान खान बारे लेखेका छन् भने भारतीय क्रिकेटर गौतम गम्भीरसंग २००७ को सिरिजको दौरान भएको झगडाको प्रसंग समेत उल्लेख गरेका छन्।

पछिल्लो समय समेत विश्व क्रिकेटका बिभिन्न लिग खेलीरहेका अफ्रिदीले पाकिस्तानको लागि ३९८ एकदिवसीय खेल्दै ८०६४ रन बनाउनुको साथै ३९५ विकेट समेत लिएका थिए। यस्तै ९९ टि-२० अन्तर्राष्ट्रियमा १४१६ रन तथा ९८ विकेट लिएका थिए।

( सन्दर्भ श्रोत : क्रिकइन्फो )





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]