शाहिदीले उत्कृस्ट इनिंग खेल्दा अफगानिस्तानद्वारा पाकिस्तानलाई २५८ रनको लक्ष्य

  • विकेटनेपाल, असोज ५ 

एसिया कप २०१८ को सुपर-४ अन्तर्गतका खेलहरु शुक्रवारबाट सुरु भएका छन्। भारतले बंगलादेशको तथा पाकिस्तानले अफगानिस्तानको सामना गर्दैछ।

शेख जायद स्टेडियममा टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २५७ रनको योगफल तयार गरेको छ।

सुरुवात उत्कृस्ट हुन नसकेको अफगानिस्तानइनिंगलाई तेश्रो विकेटको लागि रहमत शाह र हश्मतुल्लह शाहिदीले ६३ रनको साझेदारी गर्दै उकासे। ओपनर मोहम्मद शहजाद ( २० ) इह्सानउल्लाह ( १० ) र रहमत शाह ( ३६ ) लाई मोहम्मद नवाजले पेभेलियन फर्काए।

तेश्रो विकेट पछि पनि शाहिदीले एउटा किनार सम्हालिरहे र चौथो विकेटको लागि कप्तान अस्घर  अफगानसंग ९४ रनको साझेदारी गरे। अफगान ६७ रन ( ५६ बल, ५ छक्का र २ चौका ) बनाएर आउट भए। त्यसपछि ३ विकेट थोरै अन्तरमा गुमे पनि शाहिदीले सातौँ विकेटको लागि गुल्बदीन नैबसंग ४५ रनको साझेदारी गर्दै स्कोरलाई २५० पार गराए।

करियरकै सर्वाधिक रन बनाउने क्रममा शाहिदीले अविजित ९७ रनको इनिंग खेले जुन क्रममा ११८ बलमा ७ चौका प्रहार गरे। नैबले अविजित १० रन बनाए।

पाकिस्तानको लागि मोहम्मद नवाजले सर्वाधिक ३ ( १०-१-५७-३ ) तथा शाहिन अफ्रिदीले २ ( १०-०-३८-२ ) तथा हसन अलिले १ विकेट हात पारे।

प्रतियोगिताको समुह चरणको खेलमा अफगानिस्तानले श्रीलंकालाई ९१ रनले तथा बंगलादेशलाई १३६ रनले पराजित गर्दै समुह ‘बि’ को बिजेताको रुपमा सुपर-४ चरण प्रवेश गरेको थियो। श्रीलंका र हंगकंग भने पहिलो चरणबाट बाहिरिए।

यस्तै अहिले जारि भारत र बंगलादेश बीचको खेलमा बंगलादेशले पहिले ब्याटिंग गर्दै भारतलाई १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ

सुपर-४ चरण अन्तर्गत आइतबार हुने २ वटा खेलहरुमा भारत र पाकिस्तान तथा अफगानिस्तान र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन्। सुपर-४ चरणमा सबै टिमले एक-अर्का संग खेलीसकेपछि उत्कृस्ट हुने २ टिम फाइनल प्रवेश गर्नेछ। फाइनल खेलमा सेप्टेम्बर २८ तारिक शुक्रबार खेलिनेछ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]