पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदीले इंग्ल्यान्डको भाइटालिटि टि-२० ब्लास्ट प्रतियोगितामा आइतबार अपत्यारिलो बलिंग प्रदर्शन गरेका छन्। हेम्पशायरको प्रतिनिधित्व गर्ने क्रममा उनले ६ विकेट लिएका हुन् जुन क्रममा ४ बलमा लगातार ४ विकेट लिंदै चकित पार्ने बलिंग गरेका हुन्।
खेलमा पहिले ब्याटिंग गर्दै हेम्पशायरले दिएको १४२ रनको लक्ष्य पछ्याएको मिडलसेक्स जिततर्फ अघि बढीरहेको अवस्थामा अफ्रिदीले लगातार ४ विकेट लिंदै टिमलाई २० रनको जित दिलाएका थिए।
१७ ओभरमा ११९/६ को अवस्थामा मिडल सेक्सलाई जितको लागि १८ बलमा २३ रन आवस्यक थियो र साथमा ६ विकेट। १८ औं ओभरको तेश्रो बलमा ४८ रन बनाएका जोन सिम्प्सनलाई बोल्ड गरेका अफ्रिदी त्यतिमै रोकिएनन्। चौथो बलमा स्टेभेन फिनलाई, पाँचौ बलमा थिलान वालालावितालाई बोल्ड गर्दै ह्याट्रिक पुरा गरेका उनले छैठौं बलमा टिम मुर्ताघलाई बोल्ड गर्दै मिडलसेक्सको इनिंग समाप्त गरेका थिए। ओभरमा सबै ४ विकेट उनले बोल्ड गर्दै प्राप्त गरे। त्यस अघि प्राप्त गरेको २ विकेट पनि उनले बोल्डनै गरेका थिए। १२१ रनमा मिडलसेक्स अलआउट हुन पुग्यो।
अफ्रिदी टि-२० क्रिकेटमा ४ बलमा ४ विकेट लिने इतिहासकै सातौँ खेलाडी बनेका छन्। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ बलमा ४ विकेट सन् २०१९ मा राशिद खानले आयरल्याण्ड बिरुद्ध तथा सोहि बर्ष लासिथ मालिंगाले न्युजिल्यान्ड बिरुद्ध लिएका थिए।
That’s it. That’s the tweet. pic.twitter.com/tmh1gdBCcg
— Hampshire Cricket (@hantscricket) September 20, 2020
Shaheen Shah Afridi:
6 wickets
6 bowledVideo courtesy Hampshire Cricket#T20Blast #Cricket pic.twitter.com/1nRBGdGJlZ
— Saj Sadiq (@Saj_PakPassion) September 20, 2020
यो पनि पढ्नुस :-
कप्तान मल्लको ट्वीटले अमेरिकी एम्बेसी क्लिन बोल्ड
IPL Match 3 : बैंगलोर र हैदरावाद खेल्दै, यस्ता छन् दुवै टिमको बलियो र कमजोर पक्ष
“अम्पायरलाई ‘म्यान अफ द म्याच दिनुपर्थ्यो” अम्पायरको ठूलो गल्तिलाई सेहवागको व्यंग्य
