मोहम्मद शहजाद अफगानिस्तान टिमबाट आउट

इंग्ल्याण्डमा जारि आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तान क्रिकेट टिमका प्रमुख सदस्य मोहम्मद शहजाद टिमबाट बाहिरिएका छन्।

विकेटकिपर ब्याट्सम्यान शहजाद घुंडाको चोटको कारण खेल्न नसक्ने अफगानिस्तान क्रिकेट बोर्डले पक्का गरेको छ।

शहजादको सट्टा देब्रे हाते विकेटकिपर ब्याट्सम्यान इक्रम अलि खिललाई प्रतिस्थापन विकेटकिपरको रुपमा टिममा ल्याईएको छ।

पाकिस्तानसंगको अभ्यास खेलको दौरान शहजाद चोटिल भएका थिए। पूर्णत फिट नहुँदा पनि उनले अस्ट्रेलिया र श्रीलंकासंग २ वटा खेल भने खेलेका थिए। तर चोटको निरन्तरताले शहजादले भने प्रतियोगितामा निरन्तरता नपाउने भएका हुन्।

विस्फोटक ब्याटिंगको लागि चिनिने शहजाद अस्ट्रेलियासंग खाता नखोल्दै आउट भएका थिए भने श्रीलंकासंग पनि मात्र ७ रन बनाएका थिए। अफगानिस्तान दुवै खेलमा पराजित भएको थियो।

सन् २००९ मा अफगानिस्तानको लागि एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका शहजाद ले कुल ८४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ६ शतक र १४ अर्धशतक मदतले ३,०८२ रन बनाएका छन्।

शहजादको सट्टा टिममा भित्रिएका खिलले आयरल्याण्डसंग यसै वर्ष मार्चमा एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए जहाँ उनले २ खेल खेलेका थिए। उनले पहिलो खेलमा २ रन बनाएर आउट हुँदा दोश्रोमा पनि १ रन मात्र बनाउन सकेका थिए। त्यसपछि उनले आयरल्याण्डसंग टेस्ट पनि खेलेका थिए।

गत वर्ष अफगानिस्तानको अन्डर-१९ विश्वकप टिममा रहंदा खिलले ४ खेलमा ४६.२५ को औशतले १८५ रन बनाएका थिए तर उनको स्ट्राइक रेट भने मात्र ५९.८७ थियो। २०१६ मा पनि उनि अफगानिस्तान यु-१९ विश्वकप टिममा थिए।

अफगानिस्तानले विश्वकप अन्तर्गत जुन ८ मा तेश्रो खेल खेल्नेछ।





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]