“काठमाडौंमा छक्का वर्षा गर्नलाई आतुर छु” ईपीएल खेल्ने पक्का भएपछि मोहम्मद शाहजाद

एभरेस्ट प्रिमियर लिगको टिम चितवन टाइगर्सले चर्चित अफगानिस्तान क्रिकेटर मोहम्मद शाहजादलाई दोश्रो विदेशी खेलाडीको रुपमा भित्र्याएको छ।

चितवनले यस अघि पहिलो विदेशी क्रिकेटरको रुपमा पाकिस्तानका डानिश अजिजलाई अनुबन्ध गरिसकेको छ। लिगमा सहभागी टिमले अन्तिम-एघारमा अनिवार्य ३ जना खेलाडी समाबेश गर्नुपर्ने नियम रहेको छ।

विस्फोटक ब्याटिंगको लागि चिनिने शाहजाद विकेटकिपर समेत हुन्। सन् २००९ मा अफगानिस्तानको लागि एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका शहजाद ले कुल ८४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ६ शतक र १४ अर्धशतक मदतले ३,०८२ रन बनाएका छन्। यस्तै उनले २ वटा टेस्ट र ६५ टि-२० समेत खेलेका छन्। टेस्टमा ६९ रन तथा टि-२० मा  एउटा शतक मदतले १,९३६ रन बनाएका छन्। सन् २०१९ मा इंग्ल्यान्डमा आयोजित एकदिवसीय विश्वकपमा अफगानिस्तान टिममा रहेका शाहजादले त्यसपछि अफगानिस्तान राष्ट्रिय टिममा स्थान बनाउन सकेका छैनन्।

ईपीएल खेल्ने पक्का भएपछि शाहजादले नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्न आतुर रहेको बताएका छन् – “काठमाडौंमा छक्का वर्षा गर्नलाई आतुर छु । नेपालका प्रशंसकहरु विश्वकै धैर्यवान प्रशंसक हुन् । चितवनबाट खेलेर सबैलाई मनोरञ्जन प्रदान गर्न तयार छु”

चितवन टाइगर्सकि अपरेसन डाइरेक्टर विनिता चौधरीले शाहजादको अनुबन्धले उत्साहित बनाएको प्रतिक्रिया दिईन् “गत वर्ष जहा टुंगिएको थियो, त्यहीबाट शाहजादलाई निरन्तरता दिन पाउँदा हामी निकै उत्साहित छौं । उनी एक स्थापित अन्तर्राष्ट्रिय क्रिकेटर रहेकाले उनको अनुभवलेटाइगर्सको युवा ब्याटिब लाइनअपलाई उत्साह र अनुभव प्रदान गर्नेछ”

चितवन टाइगर्स टिममा मार्की खेलाडीको रुपमा सोमपाल कामि रहेका छन् जसलाई चितवनले काठमाडौँ किंग्स-११ बाट गत वर्ष ट्रेड गरेको थियो। टिममा सोमपाल बाहेक शाहब आलम, दिलिप नाथ, कमल सिंह ऐरी, भिम शार्की, सागर ढकाल, सन्दिप सुनार, इशान पाण्डे, आदील खान, खडक बोहरा जस्ता खेलाडीहरु रहेका छन्।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]