विस्फोटक अफगानिस्तान ब्याट्सम्यान शाहजाद इपिएलमा चितवनबाट खेल्ने

एभरेस्ट प्रिमियर लिगको टिम चितवन टाइगर्सले चर्चित अफगानिस्तान क्रिकेटर मोहम्मद शाहजादलाई विदेशी खेलाडीको रुपमा भित्र्याएको छ।

मार्च १४ तारिक ( चैत्र १ ) देखि काठमाडौँमा सुरु हुने लिगमा सहभागी ६ टिमले तिन जना विदेशी खेलाडीहरु टिममा समावेस गर्न पर्ने अनिवार्य गरेको छ। तिन जना मध्ये एक जना विदेशी खेलाडी टेस्ट राष्ट्रको प्रतिनिधित्व गरिसकेको हुनु पर्नेमा चितवनले मोहम्मद शाहजादलाई लिएको हो।

चितवन भन्दा अघि भैरहवाले वेस्ट इन्डिज क्रिकेटर ड्वेन स्मिथलाई तथा ललितपुरले श्रीलंकन क्रिकेटर उपुल थारांगालाई भित्र्याउने निश्चित गरेको थियो।

३३ वर्षीय शाहजादले अफगानिस्तानको लागि २ वटा टेस्ट ८४ एकदिवसीय र ६५ वटा टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका छन्।

“चितवन टाइगर्स एभरेस्ट प्रिमियर लिगको लागि पहिलो विदेशी खेलाडीको रुपमा शाहजादलाई भित्र्याउन पाउदा गौरवान्वित महसुस गर्दछ। अन्य विदेशी खेलाडीहरुको बारेमा पनि केहि दिनमै जानकारी गराउने छौँ।”

“हाम्रो लामो समयको प्रयास र शाहजाद आफै आएर खेल्न इच्छुक भएपछि हामि सहमतिमा पुगेका हौँ। शाहजादको आगमनले चितवन टाइगर्सको ब्याटिंगमा नयाँ आयाम दिने विश्वास लिएका छौँ। साथै उनको आगमनले टोलिका खेलाडीलाई राम्रो अनुभव दिनेछ” चितवन टाइगर्सले प्रेस बिज्ञप्तिमा लेखेको छ।

विस्फोटक ब्याटिंगको लागि चिनिने शाहजाद विकेटकिपर समेत हुन्।

सन् २००९ मा अफगानिस्तानको लागि एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका शहजाद ले कुल ८४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ६ शतक र १४ अर्धशतक मदतले ३,०८२ रन बनाएका छन्। यस्तै उनले २ वटा टेस्ट र ६५ टि-२० समेत खेलेका छन्। टेस्टमा ६९ रन तथा टि-२० मा  एउटा शतक मदतले १,९३६ रन बनाएका छन्।

चितवन टाइगर्समा यो पटक सोमपाल कामि सहित दिलिप नाथ, ललित भण्डारी, इशान पाण्डे जस्ता राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका खेलाडी रहेका छन्। यस्तै सन्दिप सुनार, शाहब आलम, कमल सिंह ऐरी, भिम शार्की, सागर ढकाल, आदील खान, खडक बोहरा टिममा रहेका छन्।

चितवनले पृथु बास्कोटालाई रिलिज गर्अदै न्डर-१९ राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान खडक बोहरालाई ५० हजार रुपैयाँमा भित्र्याएको छ।

यो पनि पढ्नुस – इपिएल रिटेन्सन र रिलिज : अनिल र रितले पाए आकर्षक मूल्य, बाहिरिए सिद्धान्त लोहनी

 





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]