- विकेटनेपाल- माघ-१४ , सोमबार
युएई र नेपाल बीच जारि ३ एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो र निर्णायक खेलमा नेपाललाई युएईले जितको लागि २५५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
दुबई स्थित आईसीसी एकेडेमी मैदानमा जारि खेलमा नेपालले टस जितेर पहिले फिल्डिंग गर्ने निर्णय गरेको थियो। पहिलो र दोश्रो खेलमा अन्तिम-११ मा रहेका पवन सर्राफको सट्टा सन्दिप जोराले खेलमा डेब्यु गर्ने मौका पाएका छन्। उनि एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने १९ औं नेपाली खेलाडी हुन्। पढ्नुस को हुन् ललित राजबंशी
पहिले ब्याटिंग गर्ने क्रममा युएईको सुरुवात अत्यन्त खराब रह्यो। ओपनर अश्फाक एह्मदलाई सोमपालले र चिराग सुरीलाई करन केसीले खाता नखोल्दै विकेटकिपर बिनोद भण्डारीबाट क्याच थामौदा युएई २/२ को अवस्थामा पुग्यो।
अत्यन्त सुस्त सुरवात गरिने क्रममा युएईले सुरुवाती ९ ओभरमा ६ रन मात्र बनाएको थियो। तेश्रो विकेटको लागि घुलाम शब्बिर र मुहम्मद उस्मानले ४५ रनको साझेदारी गर्दै टिमलाई अघि बढाए। २० औं ओभरमा शब्बिरलाई सन्दिप लामिछानेले एलबिडब्लु धरापमा पारे जस अघि उनले १८ रन बनाए। लगत्तै ओभरमा पारस खड्काले २६ रन बनाएका उस्मानलाई पनि क्याच आउट गराउदा युएई ४७/४ को नाजुक अवस्थामा पुग्यो।
त्यसपछि पाँचौ नम्बरमा ब्याटिंग गरेका सिपि रिजवान र शैमन अनवरले शतकीय साझेदारी गरे। ठिक १०० रन साझेदारी पुग्दा रिजवानलाई करन केसीले बिनोद भण्डारीको हातबाट क्याच आउट गराए। उनि ४५ रन बनाएर आउट भए जस अघि ७६ बलमा ५ चौका प्रहार गरे।
रिजवानको विकेट पछि पनि शैमन अनवरले एक किनार सम्हालीरहे भने अर्को किनारमा मोहम्मद बुताले उनको राम्रो साथ दिए। दुवैले छैठौं विकेटको लागि ७९ रनको साझेदारी गरे।
आक्रामक इनिंग खेलेका बुताले पारस खड्काले गरेको इनिंग ४९ औं ओभरको पहिलो २ बलमा छक्का प्रहार गरेका थिए। सोहि ओभरको चौथो बलमा आउट हुने क्रममा उनले ठिक ५० रन बनाए।
उत्कृस्ट इनिंग खेलेका ४० वर्षीय अनवरले अविजित ९३ रनको ईनिङ्ग खेले जुन क्रममा १० चौका र २ छक्का प्रहार गरे। अन्तिम ओभरमा ब्याटिंग गर्न आएका कप्तान मोहम्मद नबिदले १ छक्का र १ चौका प्रहार गर्दै १२ रन बनाए। अनवरले सन् २०१४ को बिश्व कप छनौट प्रतियोगितामा पनि नेपाल बिरुद्ध १०९ रनको शतकीय इनिंग खेलेका थिए।
युएईले ५० ओभरमा ६ विकेट गुमाएर २५५ रनको योगफल तयार गर्यो। अन्तिमको ५ ओभरमा नेपाली बलरले ७९ रन खर्चिन पुग्दा युएईले ठुलो योगफल तयार गर्यो।
नेपालको बलिङ्गमा करन केसी र पारस खड्काले २/२ विकेट लिए। यस्तै सोमपाल कामिले १ विकेट लिए।
( फिचर फोटो – फाइल )