T20WC : सर्वाधिक विकेटकर्ता शाकिब प्रतियोगिताबाटै बाहिर

२०७८ कार्तिक १४, आईतवार १९:५१

टि-ट्वान्टी विश्वकप इतिहासकै सर्वाधिक विकेटकर्ता तथा युएईमा जारि टि-२० विश्वकपको सर्वाधिक विकेटकर्ता बंगलादेशका शाकिब अल हसन प्रतियोगिताबाटै बाहिर भएका छन्।

ह्यास्ट्रिंग इन्जुरीका कारण बंगलादेशका स्टार अलराउण्डर हसन प्रतियोगिताबाट बाहिर भएका हुन्। वेस्टइन्डिजसंगको खेलमा फिल्डिंगको क्रममा उनको देब्रे खुट्टामा समस्या देखिएको थियो। ‘ग्रेड १’ चोट रहेकोले उनि सुपर-१२ चरणको बाँकी खेल खेल्न सक्नेछैन् भने बंगलादेशको नोभेम्बरमा हुने पाकिस्तान सिरिजमा खेल्ने पनि अनिश्चित भएको छ।

जारी विश्वकपमा उत्कृस्ट लयमा रहेका ३४ वर्षीय हसनले ६ खेलमा ११ विकेट लिंदै सर्वाधिक विकेटकर्ताको सुचीमा श्रीलंकाका वानिन्दु हसरंगा संगै शिर्ष स्थानमा छन्। ब्याटिंगमा समेत हसनले ६ खेलमा १४१ रन बनाउदै छैठौं सर्वाधिक हुन्। टि-२० विश्वकप इतिहासमा हसन ३१ खेलमा ४१ विकेट लिंदै सर्वाधिक विकेटकर्ता हुन्।

हसनले राम्रो प्रदर्शन गरेता पनि प्रतियोगिताको सुपर-१२ चरणमा बंगलादेशको प्रदर्शन भने कमजोर रहेको छ। सबै तिन खेलमा पराजित भएको बंगलादेशको सेमीफाइनल पुग्ने सम्भावना लगभग समाप्त भैसकेको छ। दुवै खेल जितेको खण्डमा पनि अन्य टिमको प्रदर्शनको आधारमा मात्र बंगलादेशको झिनो आशा बाँकी छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy