शक्ति, बसन्त, सोमपाल, रोहित सहित प्रदेश-५ का उत्कृस्ट खेलाडीहरु सम्मानित

प्रदेश नम्बर ५ समाजिक मन्त्रालयले प्रदेशका उत्कृष्ट खेलाडी तथा तथा युवा प्रतिभाहरुलाई बुटवलमा नगद सहित सम्मान गरेको छ ।

विभिन्न क्षेत्रका युवा प्रतिभा र राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन युवा खेलाडीलाई नगद रु. १० हजार र प्रशंसा पत्रसहति सम्मान गरिएको हो ।

सम्मानित हुनेमा क्रिकेटतर्फ पुर्व राष्ट्रिय राष्ट्रिय क्रिकेटर शक्ति गौचन तथा राष्ट्रिय खेलाडी सोमपाल कामि, बसन्त रेग्मी, रोहित पौडेल, सागर ढकाल, कुशल मल्ल रहेका छन्। यस्तै अन्डर-१९ राष्ट्रिय टिमका फिजियो विक्रम न्यौपाने समेत सम्मानित भए। गौचन, रेग्मी, मल्ल र न्यौपाने रुपन्देहीका हुन् भने ढकाल र कामि गुल्मीका तथा पौडेल नवलपरासीका हुन्।

सम्मान कार्यक्रममा शक्ति गौचन , कुशल मल्ल, सागर ढकाल र फिजियो विक्रम न्यौपाने बाहेक अन्य क्रिकेटरहरु उपस्थित रहेनन्। बसन्त रेग्मी, सोमपाल कामि र रोहित पौडेल हाल सिंगापुरमा टि-२० विश्वकप छनौट एसिया फाइनल खेल्न पुगेका छन्। प्रतियोगिता नेपालले मंगलबार पहिलो खेल कतारसंग खेल्दैछ। 

सो अवसरमा तेक्वान्दो खेलाडी बनवास कालि पाल्पाका साजन पचभैया,गुल्मीका नवराज पोखरेल र भुवन श्रेष्ठ गुल्मीलाई सम्मान गरिएको थियो । एथलेटिक्सका खेलाडी कपिलवस्तुका सुदिप थारु, २ सय मिटर दौड तुल्सीराम थारु कपिलवस्तु, कराँते एकलमा सागर खासु मगर कपिलवस्तुले पनि सम्मान पाए ।

उनीहरुलाई सम्मान गर्दै समाजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेशमा खेलकुद विकास गर्नको नयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान गर्ने बताए । उनले खेलाडीलाई आर्थीक रुपमा पनि सशक्त बनाउने बताए ।

 





थप समाचार

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]