रुपन्देहीको जितमा शक्ति गौचनको अलराउण्ड प्रदर्शन – कर्णाली प्रिमियर लिग

Shakti Gauchan
  • विकेटनेपाल, ७ जेठ

सुर्खेतमा जारि रुस्लान कर्णाली प्रिमियर लिग प्रतियोगिताको पाँचौ दिन सम्पन्न २ वटा खेलमा रुपन्देही र मध्य-पश्चिम क्रिकेट क्लबले जित दर्ता गरेका छन्।  पाँचौ दिनको खेलपछि समुह ‘ए’ मा रुपन्देही ३ जितको साथ ६ अंक बटुली शिर्षस्थानमा रहेको छ भने समुह बिमा धनगढी क्रिकेट एकेडेमी ३ जितको साथ ६ अंक बटुली शिर्ष स्थानमा रहेको छ। अंकतालिका

पहिलो खेल  ( स्कोरकार्ड )

सोमबार सम्पन्न पहिलो खेलमा मध्य-पश्चिम क्रिकेट क्लबले एबिसी स्पोर्ट्स क्लबलाई १० रनले पराजित गर्यो।

टस जितेर ब्याटिंग रोजेको मध्य-पश्चीम क्रिकेट क्लबले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १३८ रनको योगफल बनाएको थियो।

उसको लागि ओपनिंग ब्याट्सम्यान राजबिर सिंहले अविजित ६८ रन बनाउन ४८ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै शुबेन्दु पाण्डेले १६ तथा अमर सिंह रौटेलाले १५ रन योगदान दिए। एबिसीका बलर अरुण ऐरिले २ तथा सुनिल मिश्रा र दिनेश पुनले १/१ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा एबिसीले १५ ओभरमा ८ विकेट गुमाएर १२९ रन मात्रै बनाउन सक्यो। ओपनर आयुष्मान बमले सर्वाधिक ३२ रन, सागर भण्डारीले २३ तथा रोशन अधिकारीले १६ रन बनाए पनि जितको लागि पर्याप्त भएन। मध्य-पश्चिमका अविनाश बोहराले २ विकेट तथा भीम  धमला, अमर सिंह रौटेला, दिपेन्द्र रावत र अजय सहानीले समान १/१ विकेट हात पारे।

खेलको प्लेयर अफ द म्याच राजबिर सिंह घोषित भए।

दोश्रो खेल ( स्कोरकार्ड )

आजै सम्पन्न दोश्रो खेलमा रुपन्देही ११ ले टिकापुर क्रिकेट क्लबलाई ६१ रनले पराजित गर्यो।

टस जितेर पहिले ब्याटिंग गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रनको योगफल तयार गरेको थियो। रुपन्देहीको लागि सौरभ खनालले सर्वाधिक ३३ रन बनाएका थिए जुन क्रममा १५ बलमा ६ चौका र १ छक्का प्रहार गरे। यस्तै शक्ति गौचनले २६ रन, बिक्रम भुसालले अविजित १८ रन तथा कृष्ण कार्कीले अविजित १६ रन बनाए। टिकापुर बलर अमर रावलले सर्वाधिक ३ विकेट हात पारे।

१६६ रनको लक्ष्य पछ्याउने क्रममा टिकापुरले १७.६ ओभरमा १०४ रन मात्रै बनाउन सक्यो। उसको लागि राजन शेरचनले सर्वाधिक २१ रन बनाए। बलिंगतर्फ बिकाश श्रेष्ठ र शक्ति गौचनले ३/३ विकेट तथा कृष्ण कार्कीले २ विकेट हात पारे।

खेलको म्यान अफ द म्याच शक्ति गौचन घोषित भए।

 

 





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]