शक्ति गौचनद्वारा सन्यास घोषणा

२०७५ श्रावण २, बुधबार १३:२०

Shakti Gauchan
  • विकेटनेपाल, श्रावण २ – बुधबार

नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

उनले युरोप भ्रमणमा जान लागेको नेपाली टिमको बिदाई समारोहमा यो नै अन्तिम अन्तर्राष्ट्रिय भ्रमण हुने बताए। त्यस्तै आफु नेपालका घरेलु दर्शकमाझ बिदाई खेल खेल्न इछ्युक रहेको पनि उल्लेख गरे। नेपालमा घरेलु दर्शक माझ नेदरल्याण्ड भ्रमणपछी खेलिने खेल नै उनको अन्तिम खेल हुने बताए।

शक्ति गौचन नेपालले हिजो मात्रै सार्बजनिक गरेको युरोप भ्रमणमा जाने १५ सदस्यीय टिममा परेका छन्। नेपालले युरोप भ्रमण अन्तर्गत जुलाई २९ तारिखमा मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) र नेदरल्याण्डसँग टि२० त्रिकोणात्मक सिरिज खेल्नेछ भने अगस्ट १ र ३ तारिखमा बहुप्रतिक्षित र ऐतिहासिक दुई खेलको एकदिवसीय सिरिज खेल्ने छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy