विदाईमा थामिएन शक्तिको आँशु ( फोटो फिचर )

Shakti Gauchan
  • विकेटनेपाल, मङ्सिर-२९

सन् २००२ देखि नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी लगाएका शक्ति गौचनले नेपाली क्रिकेट टिमलाई धेरै गर्व गर्ने मौकाहरु शृजना गरे। नेपाली क्रिकेट टिम बामे सर्दै गर्दा देखि टि-२० बिश्वकप तथा एकदिवसीय मान्यतासम्मको यात्रा गराउन गौचनले आफ्नो जीवनको अमुल्य २ दशक अनवरत नेपाली क्रिकेटलाई सुम्पिए। अन्ततः सबै उपलब्धिहरुलाई बिसाउदै गौचनले खेलाडीको रुपमा क्रिकेट यात्रालाई बिराम दिने निर्णय गरेका छन्।

शनिवार एभरेस्ट प्रिमियर लिग ( इपिएल टि-२० ) अन्तर्गत पोखरा राइनोजको जर्सीमा अन्तिम पटक टियु क्रिकेट मैदानमा खेलाडीको रुपमा उभिएका गौचनले बिदाईको हातहरु हल्लाउदा आँशु थाम्न सकेनन्। राष्ट्रिय टिमको जर्सीमा नेपालमै अन्तिम खेल खेल्ने गौचनको चाहना त पुरा हुन सकेन तर जाँदा जाँदै उनले चाहेको र पाउदै आएको मायाको कमी भने पक्कै गरेनन्।

विकेटनेपालको तर्फबाट शक्ति गौचनलाई सफल क्रिकेट करियरको लागि बधाई र आगामी यात्राको लागि सुभकामना सहित गौचनको अन्तिम खेलको फोटो फिचर प्रस्तुत गरेका छौँ –

अन्तिम पटक ब्याटिंग गर्न जाँदै शक्ति

अन्तिम पटक ब्याटिंग गर्दा गौचनले यही सट प्रहार गर्दै १ रन लिएर अविजित रहे 

ब्याटिंग गरेर मैदान बाहिर जाने क्रममा चितवन टाइगर्सका खेलाडीहरुले दिएको सम्मान

फिल्डिंग गर्ने क्रममा

अन्तिम बिदाईको क्रममा पोखरा राइनोजका खेलाडीहरुले शक्तिसंग हात मिलाउदै   अन्तिम पटक मैदान छाड्ने क्रममा चितवन टाइगर्स र पोखरा राइनोजका खेलाडीहरुले गार्ड अफ अनर दिंदै 

मैदान परिक्रमा गर्ने क्रममा शक्तिले आँशु थाम्न सकेनन्

( फोटोहरु – सकुश केसी र राजन अधिकारी / विकेटनेपाल )





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]