विदाईमा थामिएन शक्तिको आँशु ( फोटो फिचर )

  • विकेटनेपाल, मङ्सिर-२९

सन् २००२ देखि नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी लगाएका शक्ति गौचनले नेपाली क्रिकेट टिमलाई धेरै गर्व गर्ने मौकाहरु शृजना गरे। नेपाली क्रिकेट टिम बामे सर्दै गर्दा देखि टि-२० बिश्वकप तथा एकदिवसीय मान्यतासम्मको यात्रा गराउन गौचनले आफ्नो जीवनको अमुल्य २ दशक अनवरत नेपाली क्रिकेटलाई सुम्पिए। अन्ततः सबै उपलब्धिहरुलाई बिसाउदै गौचनले खेलाडीको रुपमा क्रिकेट यात्रालाई बिराम दिने निर्णय गरेका छन्।

शनिवार एभरेस्ट प्रिमियर लिग ( इपिएल टि-२० ) अन्तर्गत पोखरा राइनोजको जर्सीमा अन्तिम पटक टियु क्रिकेट मैदानमा खेलाडीको रुपमा उभिएका गौचनले बिदाईको हातहरु हल्लाउदा आँशु थाम्न सकेनन्। राष्ट्रिय टिमको जर्सीमा नेपालमै अन्तिम खेल खेल्ने गौचनको चाहना त पुरा हुन सकेन तर जाँदा जाँदै उनले चाहेको र पाउदै आएको मायाको कमी भने पक्कै गरेनन्।

विकेटनेपालको तर्फबाट शक्ति गौचनलाई सफल क्रिकेट करियरको लागि बधाई र आगामी यात्राको लागि सुभकामना सहित गौचनको अन्तिम खेलको फोटो फिचर प्रस्तुत गरेका छौँ –

अन्तिम पटक ब्याटिंग गर्न जाँदै शक्ति

अन्तिम पटक ब्याटिंग गर्दा गौचनले यही सट प्रहार गर्दै १ रन लिएर अविजित रहे 

ब्याटिंग गरेर मैदान बाहिर जाने क्रममा चितवन टाइगर्सका खेलाडीहरुले दिएको सम्मान

फिल्डिंग गर्ने क्रममा

अन्तिम बिदाईको क्रममा पोखरा राइनोजका खेलाडीहरुले शक्तिसंग हात मिलाउदै   अन्तिम पटक मैदान छाड्ने क्रममा चितवन टाइगर्स र पोखरा राइनोजका खेलाडीहरुले गार्ड अफ अनर दिंदै 

मैदान परिक्रमा गर्ने क्रममा शक्तिले आँशु थाम्न सकेनन्

( फोटोहरु – सकुश केसी र राजन अधिकारी / विकेटनेपाल )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy