स्वर्गीय पिताको स्मृतिमा क्रिकेट प्रतियोगिता आयोजना गर्दै शक्ति गौचन

  • विकेटनेपाल, माघ-४ , शुक्रबार 

पुर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनले स्वर्गीय पिता खडग प्रसाद गौचनको स्मृतिमा क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएका छन्।

क्रिकेट खेलबाट सन्यास लिएपछि पनि पटक पटक देशको क्रिकेट बिकासमानै योगदान दिने वचन दिएका गौचनले बुबाको निधन भएको दिन पारेर प्रतियोगिता सुरु गर्ने बताएका छन्। उनका पिता खड्ग प्रसाद गौचनको निधन ३ बर्ष अगाडी माघ १४ गते भएको थियो।

जिल्लाका कम्तिमा १६ देखि ४० बिद्यालयको सहभागिता रहने प्रतियोगिता उनकै गृह जिल्ला रुपन्देहीमा हुनेछ। प्रतियोगितामा कक्षा १० सम्म अध्यनरत विद्यार्थीको सहभागिता रहने छ।

जिल्लामा नै पहिलोपल्ट रेड बल र ह्वाइट ड्रेस (टेस्ट खेल्ने तरिका) मा ४० ओभर प्रति इनिंगको खेल खेलिने छ। करिब २ लाखको लागतमा आयोजना गर्न लागिएको प्रतियोगिताले बिद्यालय स्तरमा क्रिकेटको बिकास गर्न मद्दत पुग्ने बिश्वास गौचनको छ।

सन् २००२ मा पहिलोपल्ट नेपालको राष्ट्रिय क्रिकेट टिमबाट प्रतिनिधित्व गर्दै १७ बर्षे खेलाडी जीवनबाट भर्खरै काठमाण्डौमा सम्पन्न एभरेष्ट प्रिमियर लिग क्रिकेट खेल्दै पूर्णबिरामको घोषणा गरेका थिए। अन्तर्राष्ट्रिय क्रिकेटबाट भने नेपालको ऐतिहासिक पहिलो एकदिवसीय खेल खेल्दै सन्यासको घोषणा गरेका थिए।

प्रतियोगितामा सहभागी हुन चाहने बिद्यालयले उनि आफै प्रशिक्षक समेत रहेको न्यु होराइजन विद्यालय कालिकानगर र उनकै स्टार क्रिकेट एकेडेमीमा सम्पर्क गर्न सक्नेछन्।

सन् २०१५ फेब्रुअरीमा धनगढीमा आयोजित एसपीए कप क्रिकेट प्रतियोगिताको ठिक अघि पिताको निधन भए पछि क्रियाकर्म सकेर गौचनले न्यु होराइजन टिमको नेतृत्व गर्दै टिमलाई प्रतियोगिताको उपाधि दिलाएका थिए।

Shakti Gauchan

 





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]