स्वर्गीय पिताको स्मृतिमा क्रिकेट प्रतियोगिता आयोजना गर्दै शक्ति गौचन

२०७५ माघ ३, बिहीबार २२:५१

  • विकेटनेपाल, माघ-४ , शुक्रबार 

पुर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनले स्वर्गीय पिता खडग प्रसाद गौचनको स्मृतिमा क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएका छन्।

क्रिकेट खेलबाट सन्यास लिएपछि पनि पटक पटक देशको क्रिकेट बिकासमानै योगदान दिने वचन दिएका गौचनले बुबाको निधन भएको दिन पारेर प्रतियोगिता सुरु गर्ने बताएका छन्। उनका पिता खड्ग प्रसाद गौचनको निधन ३ बर्ष अगाडी माघ १४ गते भएको थियो।

जिल्लाका कम्तिमा १६ देखि ४० बिद्यालयको सहभागिता रहने प्रतियोगिता उनकै गृह जिल्ला रुपन्देहीमा हुनेछ। प्रतियोगितामा कक्षा १० सम्म अध्यनरत विद्यार्थीको सहभागिता रहने छ।

जिल्लामा नै पहिलोपल्ट रेड बल र ह्वाइट ड्रेस (टेस्ट खेल्ने तरिका) मा ४० ओभर प्रति इनिंगको खेल खेलिने छ। करिब २ लाखको लागतमा आयोजना गर्न लागिएको प्रतियोगिताले बिद्यालय स्तरमा क्रिकेटको बिकास गर्न मद्दत पुग्ने बिश्वास गौचनको छ।

सन् २००२ मा पहिलोपल्ट नेपालको राष्ट्रिय क्रिकेट टिमबाट प्रतिनिधित्व गर्दै १७ बर्षे खेलाडी जीवनबाट भर्खरै काठमाण्डौमा सम्पन्न एभरेष्ट प्रिमियर लिग क्रिकेट खेल्दै पूर्णबिरामको घोषणा गरेका थिए। अन्तर्राष्ट्रिय क्रिकेटबाट भने नेपालको ऐतिहासिक पहिलो एकदिवसीय खेल खेल्दै सन्यासको घोषणा गरेका थिए।

प्रतियोगितामा सहभागी हुन चाहने बिद्यालयले उनि आफै प्रशिक्षक समेत रहेको न्यु होराइजन विद्यालय कालिकानगर र उनकै स्टार क्रिकेट एकेडेमीमा सम्पर्क गर्न सक्नेछन्।

सन् २०१५ फेब्रुअरीमा धनगढीमा आयोजित एसपीए कप क्रिकेट प्रतियोगिताको ठिक अघि पिताको निधन भए पछि क्रियाकर्म सकेर गौचनले न्यु होराइजन टिमको नेतृत्व गर्दै टिमलाई प्रतियोगिताको उपाधि दिलाएका थिए।

Shakti Gauchan

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy