यु-१९ टिममा शक्ति गौचनको पनि नाम, नयाँ जिम्मेवारी

Shakti Gauchan
  • विकेटनेपाल,असोज – ९ , मंगलबार 

सेप्टेम्बर २९ देखि अक्टोबर ७ सम्म आयोजना हुने अन्डर-१९ युथ एसिया कपको लागि नेपाली टोलिको मंगलबार घोषणा हुँदा टिममा नेपाली क्रिकेटका धरोहर शक्ति गौचनको नाम पनि संगै आएको छ।

गत महिना अगस्टमा नेदरल्याण्डसंग नेपालले खेलेको ऐतिहासिक प्रथम एकदिवसीय पछि नेपाली क्रिकेट टिमबाट बिदा लिएका गौचन अब सिनियर हैन यु-१९ टिमको महत्वपूर्ण हिस्सा हुने भएका छन्। तर यो पटक गौचन खेलाडीको रुपमा नभई बिल्कुल भूमिकामा रहनेछन्।

युथ एसिया कपको लागि घोषित टिमको मुख्य प्रशिक्षक बिनोद दास रहेका छन् भने सहायक प्रशिक्षक मनोज कटुवाल रहेका छन्। दास र कटुवाल दुवै पुर्व राष्ट्रिय क्रिकेटर हुन्। यस अघि पनि यु-१९ टिम सम्हालीरहेका दासले सन् २००० देखि २०१२ सम्म तथा कटुवालले सन् २००२ देखि २००६ सम्म नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका थिए।

शक्ति गौचनलाई यस्तो जिम्मेवारी – 

राष्ट्रिय टिमबाट सन्यास घोषणा गरेपछि स्टार लेफ्ट आर्म स्पिनर शक्ति गौचनले नेपाली युवा टिमको ब्यबस्थापन अर्थात टिम म्यानेजरको जिम्मेवारी पाएका छन्। गौचन यसै महिना नेपाली युवा टिमले गरेको भारत एकदिवसीय सिरिजमा समेत टिमको ब्यबस्थापक रहेका थिए।

गौचन टिम ब्यबस्थापक रहने भएपछि बिनोद दास, मनोज कटवाल गरि ३ पुर्व राष्ट्रिय क्रिकेटर टिमको महत्वपूर्ण हिस्सा बन्ने अनौठो संयोग जुरेको छ। ३ जना क्रिकेटरले लगभग उही समय राष्ट्रिय टिमको लागि खेल्न सुरु गरेका थिए।

युथ एसिया कपमा सहभागी हुने नेपाली टिम :- आसिफ शेख ( कप्तान ) , कमल सिंह ऐरि ( उप कप्तान ), रोहित पौडेल , रभी शाह, नन्दन यादब, रित गौतम,पवन शर्राफ, रबिन्द्र जंग शाही, राशिद खान,भिम शार्की,तृत राज दास, सन्दिप जोरा, सागर ढकाल,अरुन ऐरि, सुर्य तामांग, मुख्य प्रशिक्षक – बिनोद दास , सहायक प्रशिक्षक – मनोज कटुवाल, टिम ब्यबस्थापक – शक्ति गौचन , फिजीयो – बिक्रम न्यौपाने

Team Manager & Technical Analyst Raman Shiwakoti
राष्ट्रिय टिमको म्यानेजर रमन शिवाकोटी

नेपाली राष्ट्रिय क्रिकेट टिमको म्यानेजरको रुपमा लामो समय देखि रमन शिवाकोटीले जिम्मेवारी सम्हालीरहेका छन्। युवा टिमको पनि म्यानेजरको रूपमा शिवाकोटीनै जाने गरे पनि राष्ट्रिय टिमको समेत खेल रहेको हुँदा यो पटक गौचनले जिम्मेवारी पाएका हुन्।

टिम म्यानेजरको जिम्मेवारी के हुन्छ ?

क्रिकेट टिमको म्यानेजरले टिमसंग ब्यबस्थापन पक्षको समन्वय गर्ने, खेलाडीहरुको विदेश भ्रमणको तयारी, बिभिन्न पक्षसंग समन्वय,  ब्यबस्थापन-टिम बीचको पुल, आर्थिक ब्यबस्थापन,  मिडिया ब्यबस्थापन, सहजकर्ता, टिम अनुशाशनको रेखदेख तथा टिमकै नेतृत्व गर्ने गर्छन्। विदेश भ्रमणमा जाँदा या स्वदेशमै अभ्यास गर्दा अभिभावकको भूमिका ब्यबस्थापकले निभाउने गर्दछन्।

Shakti Gauchan
Shakti Gauchan

सन् २००२ मा ओमानसंग राष्ट्रिय टिममा डेब्यु गरेपछि १६ बर्ष अनवरत नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी लगाएका गौचन अन्तर्रास्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो नेपाली पुरुष खेलाडी हुन्। नेपाली टिमलाई डिभिजन-५ हुँदै एकदिवसीय राष्ट्रको मान्यता सम्म तथा टि-२० बिश्वकपसम्म डोर्याउन देब्रे हाते स्पिनर गौचनले अहम योगदान दिएका छन्।

राष्ट्रिय टिमबाट अन्तिम खेल स्वदेशमै खेल्दै सन्यासको लिने घोषणा गरेका शक्ति खेलाडी जस्तै ब्यबस्थापक र अन्य भूमिकामा समेत सफल रहुन , सुभकामना।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]