केपीएल : कप्तान शक्ति गौचनले उत्कृस्ट बलिंग गर्दा होराइजन बुटवल फाइनलमा

Shakti Gauchan
  • विकेटनेपाल, बैशाख-२० , शुक्रबार

आयोजक कर्णाली-११ लाई पराजित गर्दै न्यु होराइजन बुटवल वाईवाई कर्णाली प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ ।

सुर्खेत स्थित कालिन्चोक मैदानमा शुक्रवार विहान सम्पन्न खेलमा शक्ति गौचन कप्तानीको होराइजन ३ विकेटले विजयी भएको हो। दोश्रो सेमीफाइनलमा आजै शशस्त्र प्रहरी बल ( एपीएफ ) र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन्।

शुक्रबार भएको वर्ष र हावाहुरीको कारण १३ ओभर प्रति/इनिंगमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको कर्णाली-११ ले ४ विकेट गुमाएर ६२ रनको योगफल तयार गरेको थियो।

कर्णाली-११ को लागि कृष्ण कार्कीले सर्वाधिक ३३ रन बनाए। पहिलो ३ विकेट रनमा गुमेपछि कार्कीले अन्तिममा आक्रामक ब्याटिंग गर्ने क्रममा ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए। कृष्ण र लोकेस बमले चौथो विकेटको लागि ४५ रनको साझेदारी गरे।

होराइजनका बलर शक्ति गौचनले २ विकेट लिए। अत्यन्त किफायती बलिंग गरेका गौचनले ३ ओभरमा १ मेडन ओभर सहित ६ रन मात्र खर्चिए। यस्तै अखिलेश यादब ( २-०-९-१ ) र अर्जुन रायमाझी ( २-०-१७-१ ) ले १/१ विकेट लिए।

Krishna Karki

६३ रनको लक्ष्य होराइजन बुटवलले ११.५ ओभरमा ७ विकेट गुमाएर भेट्यो। जितमा शुबेन्दु पाण्डेले सर्वाधिक १८, निश्चल चौधरीले १०, बिशाल सुनारले अविजित १० तथा सुनिल धमलाले ८ रन बनाए।

किशोर महतोले कर्णाली-११ को लागि ३ विकेट ( २-०-१२-३ ) तथा प्रकाश जैसीले २ विकेट लिए पनि स्थानीय टिमलाई जित दिलाउन सकेनन्।

खेलको प्लेयर अफ द म्याच शक्ति गौचन चुनिए। स्कोरकार्ड 

Shakti Gauchan

कर्णाली क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप-बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ३५०० रुपैयाँ तथा प्रतियोगितामा उत्कृस्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २०,००० र प्लेयर अफ द सिरिजले ५०,००० प्राप्त गर्नेछन्।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]