रुपन्देही सुपर लिगमा शक्ति गौचनको उत्कृस्ट अल-राउण्ड प्रदर्शन

  • भैरहवा, ९ फागुन ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम जिल्लास्तरीय सुपरलिग क्रिकेट प्रतियोगितामा बिहीबार भएको डिभिजन ‘बी’अन्तर्गतको खेलमा बुटवल राइनोज क्रिकेट क्लब, बुटवललाई ४ विकेटले पारजित गर्दै स्टार क्रिकेट क्लब, ओमसतिया विजयी भएको छ।

बुटवलबाट जितका लागि पाएको १९१ रनको लक्ष्य स्टारले ४२ ओभर ५ बलमा ६ विकेट गुमाई १९२ रन बनाउँदै भेट्टाई जित निकाल्यो । उसको जितमा विशाल सुनारले नटआउट ४६ रनको योगदान दिए। यस्तै, शक्ति गौचनले नटआउट ३०, प्रदीप शाहनीले ३४ र रुपेश बश्यालले २१ रन बनाए । बलिङमा बुटवलका सञ्जु बोहराले २ तथा प्रदीप बेल्बासे र अश्विन हमालले समान १/१ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बुटवलले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाई १९० रनको योगफल तयार गरेको थियो । उसका लागि सञ्जु बोहराले ५९, सिमान्त साहीले ३१ र अरविन्द सारुले २७ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा स्टारका शक्ति गौचनले ५ विकेट लिए। यस्तै रुपेश बश्यालले ३ तथा ऋषि रानाले १ विकेट लिए । खेलमा स्टारका शक्ति गौचन म्यान अफ द म्याच घोषित भए ।


शुक्रबार डिभिजन ‘बी’अन्तर्गत नै रहेका लुम्बिनी कासाई क्रिकेट क्लब, लुम्बिनी र दीप क्रिकेट क्लब, बुटवलबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

लिगमा ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टीम सहभागी छन् । प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने विके ज्वेलर्स, सगरमाथा स्न्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका छन् । यस्तै, प्रत्येक दिनको म्यान अफ द म्याचलाई रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले प्रायोजन गरेको छ । लिग चैत ६ गतेसम्म चल्ने छ ।





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]