शामीले ५ विकेट लिएपछि भारतको जित

  • विकेटनेपाल, १३ माघ- शनिबार 

दक्षिण अफ्रीका र भारत बीच जारि टेस्ट सिरिजको तेश्रो टेस्टमा भारतले दक्षिण अफ्रीकालाई ६३ रनले पराजित गरेको छ।  जितसंगै टेस्ट सिरिज २-१ को नतिजामा सकिएको छ।

यस अघि पहिलो टेस्टमा  ७२ रनले तथा दोश्रो टेस्टमा १३५ रनले दक्षिण अफ्रीका बिजयी भएको थियो।

जितको लागि २४१ रन लक्ष पछ्याउने क्रममा चौथो दिन १७/१ को स्थितिबाट ब्याटिंग गरेको दक्षिण अफ्रीकाले लन्च अघि उत्कृस्ट ब्याटिंग गर्यो। हासिम अमला र डीन एल्गरले ११९ रनको साझेदारी गर्दै दक्षिण अफ्रीकालाई जिततर्फ लैजाने प्रयास गरे।

१२४ रनको योगफलमा अमलालाई इशान्त शर्माले ५२ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएपछि भारत खेलमा फर्किएको थियो। अमलाले १४० बल खेल्दै ५ चौका प्रहार गरे।

दोश्रो विकेट झरेपछि घरेलु टिमले लगातार विकेट गुमाउन पुग्यो। एबि डीभिल्लर्स ( ६ रन ) , कप्तान फाफ डु प्लेसिस ( २ रन ) , क्वान्टन डीकक ( ० ) ले लगातार विकेट गुमाए।

एल्गरले अविजित ८६ रन बनाए 

डीन एल्गरले अविजित ८६ रन ( २४० बल, ९ चौका र १ छक्का ) प्रहार गर्दै अन्तिम सम्म अविजित रहे पनि अर्को किनारमा लगातार विकेट झर्दा दक्षिण अफ्रीकाले १७७ रनमा सबै विकेट गुमाउन पुग्यो।

भारतको जितमा मोहम्मद शामीले ५ विकेट हात पारे जुन क्रममा उनले १२.३ ओभरमा २८ रन खर्चिए। जस्प्रित बुम्रा र इशान्त शर्माले २/२ विकेट तथा भुवनेश्वर कुमारले १ विकेट आफ्नो नाम गरे।

के-के भयो टेस्टमा 

टेस्टमा भारतले टस जितेर ब्याटिंग गरको थियो जसपछि पहिलो इनिंगमा १८७ रनमा अलआउट भएको थियो। दक्षिण अफ्रीकाले पहिलो इनिंगमा १९४ रन बनाउदै पहिलो इनिंगमा ७ रनको अग्रता लियो। दोश्रो इनिंगमा भारत २४७ रनमा अलआउट भएपछि दक्षिण अफ्रीकालाई टेस्ट जित्न भारतले २४१ रनको लक्ष प्रस्तुत गरेको थियो। दोश्रो इनिंगमा घरेलु टिम १७७ रनमा समेटीएपछि भारतले ६३ रनले खेल जित्यो।

म्याच समरी 

भारत पहिलो इनिंग – १८७ ( कोहली ५४, पुजारा ५०, रबाडा ३/३९ )
दक्षिण अफ्रीका पहिलो इनिंग : १९४ ( हसिम आम्ला ६१, बुम्रा ५/५४ )
भारत दोश्रो इनिंग : २४७ ( रहाने ४८, कोहली ४१, मोर्केल ३/४७, फिलांडर ३/६१ , रबाडा ३/६९ )
दक्षिण अफ्रीका दोश्रो इनिंग : १७७ (  एल्गर ८६*, अमला ५२, शामी ५/२८ )

नतिजा –  भारत ६३ रनले बिजयी

( फोटो – बिसीसीआई )





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]