शामीले ५ विकेट लिएपछि भारतको जित

  • विकेटनेपाल, १३ माघ- शनिबार 

दक्षिण अफ्रीका र भारत बीच जारि टेस्ट सिरिजको तेश्रो टेस्टमा भारतले दक्षिण अफ्रीकालाई ६३ रनले पराजित गरेको छ।  जितसंगै टेस्ट सिरिज २-१ को नतिजामा सकिएको छ।

यस अघि पहिलो टेस्टमा  ७२ रनले तथा दोश्रो टेस्टमा १३५ रनले दक्षिण अफ्रीका बिजयी भएको थियो।

जितको लागि २४१ रन लक्ष पछ्याउने क्रममा चौथो दिन १७/१ को स्थितिबाट ब्याटिंग गरेको दक्षिण अफ्रीकाले लन्च अघि उत्कृस्ट ब्याटिंग गर्यो। हासिम अमला र डीन एल्गरले ११९ रनको साझेदारी गर्दै दक्षिण अफ्रीकालाई जिततर्फ लैजाने प्रयास गरे।

१२४ रनको योगफलमा अमलालाई इशान्त शर्माले ५२ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएपछि भारत खेलमा फर्किएको थियो। अमलाले १४० बल खेल्दै ५ चौका प्रहार गरे।

दोश्रो विकेट झरेपछि घरेलु टिमले लगातार विकेट गुमाउन पुग्यो। एबि डीभिल्लर्स ( ६ रन ) , कप्तान फाफ डु प्लेसिस ( २ रन ) , क्वान्टन डीकक ( ० ) ले लगातार विकेट गुमाए।

एल्गरले अविजित ८६ रन बनाए 

डीन एल्गरले अविजित ८६ रन ( २४० बल, ९ चौका र १ छक्का ) प्रहार गर्दै अन्तिम सम्म अविजित रहे पनि अर्को किनारमा लगातार विकेट झर्दा दक्षिण अफ्रीकाले १७७ रनमा सबै विकेट गुमाउन पुग्यो।

भारतको जितमा मोहम्मद शामीले ५ विकेट हात पारे जुन क्रममा उनले १२.३ ओभरमा २८ रन खर्चिए। जस्प्रित बुम्रा र इशान्त शर्माले २/२ विकेट तथा भुवनेश्वर कुमारले १ विकेट आफ्नो नाम गरे।

के-के भयो टेस्टमा 

टेस्टमा भारतले टस जितेर ब्याटिंग गरको थियो जसपछि पहिलो इनिंगमा १८७ रनमा अलआउट भएको थियो। दक्षिण अफ्रीकाले पहिलो इनिंगमा १९४ रन बनाउदै पहिलो इनिंगमा ७ रनको अग्रता लियो। दोश्रो इनिंगमा भारत २४७ रनमा अलआउट भएपछि दक्षिण अफ्रीकालाई टेस्ट जित्न भारतले २४१ रनको लक्ष प्रस्तुत गरेको थियो। दोश्रो इनिंगमा घरेलु टिम १७७ रनमा समेटीएपछि भारतले ६३ रनले खेल जित्यो।

म्याच समरी 

भारत पहिलो इनिंग – १८७ ( कोहली ५४, पुजारा ५०, रबाडा ३/३९ )
दक्षिण अफ्रीका पहिलो इनिंग : १९४ ( हसिम आम्ला ६१, बुम्रा ५/५४ )
भारत दोश्रो इनिंग : २४७ ( रहाने ४८, कोहली ४१, मोर्केल ३/४७, फिलांडर ३/६१ , रबाडा ३/६९ )
दक्षिण अफ्रीका दोश्रो इनिंग : १७७ (  एल्गर ८६*, अमला ५२, शामी ५/२८ )

नतिजा –  भारत ६३ रनले बिजयी

( फोटो – बिसीसीआई )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy