शामी र बुम्राहको उत्कृस्ट साझेदारी, इंग्ल्यान्डलाई २७२ रनको लक्ष्य

मोहम्मद शामी र जस्प्रित बुम्राहले उत्कृस्ट साझेदारी गरेपछि इंग्ल्यान्ड बिरुद्ध दोश्रो टेस्टमा भारतले इंग्ल्यान्डलाई २७२ रनको लक्ष्य प्रस्तुत गरेको छ। लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले ब्याटिंग सुरु गरिसकेको छ। पाँचौ दिन अधिकतम ६० ओभरको खेल बाँकी रहेको छ जसमा इंग्ल्यान्ड लक्ष्य पछ्याउने उद्देश्यले ब्याटिंग गर्ने छ या टेस्ट बराबरी गर्ने बाटोमा हुनेछ हेर्न रोचक हुनेछ।

पाँचौ दिनको खेल चल्दै गर्दा भारतले पहिलो सेसन र दोश्रो सेसनमा १.३ ओभर ब्याटिंग गरेपछि इनिंग्स समाप्तिको घोषणा गरेको हो। भारतले दोश्रो इनिंग्समा २९८ रनमा ८ विकेटको योगफलमा इनिंग्स समाप्तिको घोषणा गरेको हो।

दिनको सुरुवात १८१/६ को अवस्थाबाट गरेको भारतले २ विकेट मात्र गुमाउदा योगफलमा थप ११७ रन जोड्न सक्यो। रिशभ पन्त २२ तथा इशान्त शर्मा १६ रन बनाएर आउट भएपछि नवौं विकेटको लागि मोहम्मद शामी र जस्प्रित बुम्राहले ८९ रनको साझेदारी गरे। यस क्रममा शामीले टेस्ट करियरको दोश्रो अर्धशतक पुरा गर्दै ७० बलमा ६ चौका र १ छक्का मद्दतले ५६ रन बनाए। बुम्राहले ६४ बलमा ३ चौका मद्दतले ३४ रन बनाए। यस अघि भारतको लागि अजिंके रहानेले ६१ रन तथा चेतेश्वर पुजाराले ४५ रन योगदान दिएका थिए।

टेस्टमा टस हारेर ब्याटिंग गरेको भारतले पहिलो इनिंग्समा केएल राहुलको शतक ( १२९ ) मद्दतले ३६४ रन बनाएको थियो। इंग्ल्यान्ड बलर जेम्स एण्डरसनले ५ विकेट लिएका थिए। इंग्ल्यान्डले पहिलो इनिंग्समा जो रुटको शतक ( १८० ) मद्दतले ३९१ रन बनाउदै २७ रनको अग्रता हाँसिल गरेको थियो। भारतीय बलर मोहम्मद सिराजले ४ विकेट लिएका थिए।

पाँच टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट वर्षाले प्रभावित हुँदा बराबरीमा टुंगिएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy