भारतलाई झट्का ! मोहम्मद शामी टेस्ट सिरिजबाट बाहिर

फास्ट बलर मोहम्मद शामी भारतको अस्ट्रेलिया भ्रमणको बाँकी खेलबाट बाहिर भएका छन्। शामीको दायाँ हातको पाखुरामा फ्र्याक्चर भएको हो। एडीलेडमा सम्पन्न पहिलो टेस्ट पछि स्क्यान गर्दा शामीको चोटबारे थाहा भएको थियो।

अनुभवी बलर बाहिरिने भएपछि भारतलाई ठूलो झट्का लागेको छ। पहिलो टेस्टपछि भारतीय टिमका कप्तान बिराट कोहली पनि घर फर्कंदैछन्। सिरिज अन्तर्गत दोश्रो टेस्ट डिसेम्बर २६ तारिखबाट सुरु हुनेछ।

तथापी भारतीय क्रिकेट कन्ट्रोल बोर्डले ( बिसीसीआई ) शामी बारे अधिकारिक रुपमा कुनै घोषणा गरेको छैन।

शामीको प्रतिस्थापनमा टिम व्यवस्थापनले अनक्याप्ड फास्ट बलरहरु कार्तिक त्यागि, टि. नटराजन र शार्दुल ठाकुर मध्ये एकजनालाई टिममा रोज्नु पर्नेछ। तिन जना बलर टेस्ट टिमको हिस्सा भने थिएनन्। नटराजन र ठाकुर टि-२० र वानडे सिरिज पछि अस्ट्रेलियामै कार्तिक त्यागिलाई नेट बलरको भूमिकामा बसेका थिए।

पहिलो टेस्टको क्रममा ११ औं नम्बरमा ब्याटिंग गरेका शामीलाई प्याट कमिन्सले गरेको शर्ट बललाई असहज तरिकाले रोक्दा चोट लागेको थियो। दायाँ पाखुरामा लागेपछि पनि शामीले ब्याटिंगलाई निरन्तरता दिएका थिए। तर केहि बेरमा उनले ब्याटिंग निरन्तरता दिन नसक्ने बताउदै ड्रेसिंग रुम फर्केका थिए।

शामी अनुपस्थित हुँदा अब भारतीय टिमको फास्ट बलिंग आक्रमणमा जस्प्रित बुम्राह, उमेश याधव, नभदिप सैनी र मोहम्मद सिराज रहेका छन्। सैनी र सिराज दुवैले टेस्ट टिममा डेब्यु गरेका छैनन्।

शामी घाइते हुँदा टिम व्यवस्थापनले इशान्त शर्मालाई टेस्ट टिममा नराख्नने निर्णय माथि पुनर्विचार गर्न सक्नेछन्। शर्मालाई नेसनल क्रिकेट एकेडेमीले नोभेम्बरमा फिट घोषणा गरेता पनि टिममा समाबेश गरिएको थिएन।

शर्मा आईपीएलको दौरान दिल्लीको प्रतिनिधित्व गर्ने क्रममा चोटिल भएका थिए जसपछि उनि सेप्टेम्बरमा बैंगलोर नेसनल क्रिकेट एकेडेमी पुगेका थिए जहाँ उनलाई नोभेम्बर १९ मा फिट घोषित गरिएको थियो। तथापी बिसीसीआई र टिम व्यवस्थापनले शर्मा टेस्ट टिममा पूर्णतः फिट हुनको लागि आफ्नो बलिंग भारमा विकास गर्नुपर्ने बताएको थियो।

यो बताईएको छ कि भारतीय क्रिकेट बोर्ड इशान्त पूर्ण फिट भएर लामो समय खेल्न तयार हुन् भन्ने चाहन्छ। भारतले इंग्ल्यान्ड बिरुद्ध घरमा अस्ट्रेलिया टुर पछि ४ वटा टेस्ट खेल्नेछ। त्यसपछि भारतले २०२१ को बीचमा ५ वटा टेस्ट खेल्न इंग्ल्यान्ड भ्रमण गर्नेछ।

नोभेम्बर २६ मा बिसीसीआईले इशान्त पूर्णतः चोटबाट बाहिर आईसकेको र टेस्ट म्याच फिटनेसको लागि भार विकास गरिरहेको बताउदै बोर्डर-गावस्कर ट्रफीबाट बाहिर राखिएको बताएको थियो।

शामीलाई कसले गर्ला प्रतिस्थापन

शामी नहुँदा उनको स्थान पूर्ति गर्न भारतलाई चुनौती रहेको छ। शार्दुल ठाकुर बिकल्पमा रहेका बलर मध्ये सबै भन्दा अनुभवी बलर हुन् जसले प्रथम श्रेणी क्रिकेटमा २०६ विकेट लिएका छन्। देब्रे हाते पेसर नटराजन सिमित ओभर क्रिकेटबाट आएका हुन् जसले प्रथम श्रेणी क्रिकेटमा तमिलनाडूको प्रतिनिधित्व गर्दै २० खेलमा ६४ विकेट लिएका छन्।

२० वर्षीय कार्तिक त्यागि यु-१९ टिमबाट आएका हुन् जसले अस्ट्रेलिया ‘ए’ बिरुद्ध वार्मकप खेल खेलेका थिए जसमा उनि विकेटविहिन रहेका थिए। उनले उत्तर प्रदेशको लागि रन्जि क्रिकेटमा मात्र २ खेल खेल्ने क्रममा ३ विकेट लिएका छन्।

( क्रिक्इन्फोबाट अनुवाद गरिएको )





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]