‘टस जितेर न्युजिल्यान्डले बलिंग गरे भारत सस्तोमा समेटिनेछ’ – शेन बोन्ड

२०७८ असार २, बुधबार २१:३३

भारत र न्युजिल्यान्ड बीच आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधिको लागि जुन १८ तारिख शुक्रबार प्रतिस्पर्धा हुनेछ। इतिहासकै पहिलो टेस्ट च्याम्पियनसिप जित्न बिराट कोहली र केन विलियमसन कप्तानीको टिम कुनै गल्ति गर्ने पक्षमा छैन। दुई उत्कृस्ट टिम बीच प्रतिस्पर्धा हुँदै गर्दा बिभिन्न एक्स्पर्टहरुले विजेता टिमको अनुमान गरेका छन्।

यसै बीच न्युजिल्यान्डका पूर्व स्टार फास्ट बलर शेन बोन्डले आफ्नो देश भारत भन्दा उत्कृस्ट भएको बताउदै न्युजिल्यान्डका फास्ट बलरहरुले नयाँ बलको सदुपयोग गर्ने विश्वास व्यक्त गरेका छन्। ४६ वर्षीय पूर्व क्रिकेटरले न्युजिल्यान्ड फाइनलमा ५ जना फास्ट बलर लिएर खेल्ने तथा भारत तिन जना फास्ट बलर र दुई जना स्पिनर लिएर खेल्ने समेत अनुमान गरेका छन्।

“मलाई लाग्छ न्युजिल्यान्डले जित्नेछ। खेल अभ्यासले निकै ठूलो फरक ल्याउनेछ। मलाई लाग्छ भारतसंग सन्तुलित बलिंग आक्रमण छ र उनीहरुले तिन जना पेसर र दुई स्पिनर लिएर खेल्नेछन्। न्युजिल्यान्डले पाँच जना पेसर लिएर खेल्नेछन् र मलाई लाग्छ यदी टस जितेर उनीहरुले बलिंग रोज्नेछन्।” बोल्टले बताए।

बोन्डले खेलमा टसले ठूलो भूमिका खेल्ने र यदी न्युजिल्यान्डले टस जितेको खण्डमा भारतलाई सस्तोमा समेट्नेछ – “यदी न्युजिल्यान्डले टस जितेमा बलिंग रोज्नेछ र मलाई लाग्छ उनीहरुले भारतलाई सस्तोमा समेट्नेछन्। त्यसैले टसले निकै महत्व राख्छ।” उनले औल्याए।

वेस्टइन्डिजका पूर्व फास्ट बलर इयान बिशपले भने भारतले यो वर्ष अस्ट्रेलियालाई पराजित गरेपछि भारत असम्भवलाई पनि सम्भव बनाउन सक्ने टिम भएको बताएका छन् – “खेलाडीहरु घाइते हुनुको बाबजुद जुन काम उनीहरुले अस्ट्रेलियामा गरे, म भन्न सक्छु उनीहरु त्यस्तो टिम हो जसले असम्भवलाई पनि सम्भव बनाउने क्षमता राख्छ।”

न्युजिल्यान्डले भर्खरै इंग्ल्यान्ड बिरुद्ध सम्पन्न दुई टेस्टको सिरिजमा इंग्ल्यान्डलाई उसैको घरमा १-० अन्तरले पराजित गरेको थियो। उक्त जितले न्युजिल्यान्ड आत्मविश्वासले भरिएको छ। अर्कोतर्फ भारतले भने कुनै अभ्यास खेल खेलेको छैन। उसले महत्वपूर्ण खेल अघि आफ्नै टिमको खेलाडी बीच अभ्यास खेल खेलेको थियो।

सम्बन्धित 

वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलको लागि भारतीय टिमको घोषणा

वर्ल्ड टेस्ट च्याम्पियनसिपको पुरस्कार राशि घोषणा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy