टि-२० क्रिकेट सुधार गर्न शेन वार्नले दिए ३ सुझाव

पूर्व अस्ट्रेलियन क्रिकेटर तथा हाल आईपीएल टिम राजस्थान रोयल्सका सल्लाहकार शेन वार्नले टि-२० क्रिकेटलाई अझ राम्रो तथा ब्याट र बल बीच प्रतिस्पर्धा बढाउन तिन ठूला परिवर्तन गर्न सुझाव दिएका छन्।

वार्नका अनुसार जुनसुकै मैदानमा पनि सकभर बाउन्ड्रीको आकार ठूलो बनाउनु पर्छ। ट्वीटरमार्फत दिएको सुझावमा उनले लेखेका छन् -“टि-२० क्रिकेटमा सुधारको लागि १ नम्बरमा सम्भव भएसम्म सबै मैदानको बाउन्ड्री सकभर ठूलो बनाउनु पर्छ। सानो मैदान छ भने मैदानमा घाँस राख्नुपर्छ।” वार्नले लेखेका छन्।

दोश्रो सुझावमा उनले २ जना बलरलाई ४ को सट्टा ५ ओभर बलिंग गर्न दिनु पर्ने तथा जसपछि उनले पिच टेस्ट म्याचको चौथो दिनको जस्तो हुनुपर्ने दिएका छन्।

“२ जना बलरलाई ४ हैन ५ ओभर बलिंग गर्न दिनुपर्छ। पिच टेस्ट म्याचको चौथो दिनको जस्तो, फ्ल्याट हैन ( ब्याटिंग गर्न सहज ) किनकि हामि ब्याट र बल बीच प्रतिस्पर्धा चाहन्छौ।” वार्नले लेखेका छन्।

वार्नले उक्त ट्वीटलाई कोट गर्दै सौरभ गांगुली सचिन तेन्दुलकर, ब्रायन लारा, स्टेफेन फ्लेमिंग, मार्क वा, इशा गुहा, मेल जोन्स लाई ट्याग गरेका छन् र आफ्नो सुझाव कस्तो लाग्यो सोधेका छन्।

त्यसको जवाफमा मार्क वाले लेखेका छन् – “मलाई मन पर्यो वार्न, अझ अर्को कुरा जुन म लामो समय देखि भन्दै आएको छु कि ‘लेग बाई’ हटाउनु पर्छ। यसलाई सट्टामा ‘डेड बल’ दिनु पर्छ। ब्याट्सम्यानलाई छुदै नछोएको बलको रन किन दिने ?”

वार्नको सुझाव टि-२० क्रिकेट ब्याट्सम्यानहरुलाई बढी सहज देखिएकोले आएको हो। आईपीएलको खेलहरुमा पिचहरुले बलर भन्दा बढी ब्याट्सम्यानलाई सहयोग गरिरहेको छ। बलरहरु विकेट लिन संघर्ष गरिरहेका छन् भने युएईको विशेष गरि शारजाह मैदानमा ब्याट्सम्यान बलरहरुलाई मैदान बाहिर हिर्काइरहेका छन्।

टिमहरु २ सयको योगफल पनि पछ्याईरहेका छन् जसको कारण सानो बाउन्ड्री तथा पहिलो ६ ओभरमा हुने पावरप्ले पनि हो।

त्यसपछि मैदानमा हुने शितले स्पिनरहरुलाई बल समात्न बढी मुस्किल हुने गरेको छ। त्यसको नतिजा प्राय टिमहरुले टस जितेर पहिले फिल्डिंग रोजीरहेका छन्।

यस अघि वार्नले बलरहरुले रक्षात्मक मानसिकताले खेलीरहेको बताएका थिए –

“ब्याट्सम्यानहरु अझ उत्कृस्ट बन्दै छन् र राम्रो गरिरहेका छन्। तर बलिंगमा सुधार हुनु पर्छ जसको मानसिकता आक्रमण भन्दा रक्षात्मक रहेको छ। सानो मैदानले मद्दत गर्दैन तर तपाईले आफ्नो कला प्रयोग गर्नु भयो भने अझै पनि सुधार गर्न सक्नुहुन्छ।” वार्नले ट्वीट गरेका थिए।

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड

चेन्नाईको लगातार तेश्रो हारपछि धोनीले के भने

आफ्नो रेकर्ड टुटेपछि रैनाले दिए धोनीलाई बधाई

रैना र हरभजनसंग सम्बन्ध समाप्त गर्दै चेन्नाई





थप समाचार

स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टाेलीमा अनुबन्ध गरेकाे छ । […]

काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सुरु

मंगलबार बालुवाटारस्थित क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) मा सम्पन्न पहिलो दिनको छनोटमा उल्लेखनिय खेलाडीको सहभागिता थियो । काठमान्डौंका प्रमुख कार्यकारी अधिकृत […]

सुदूरपश्चिम रोयल्सको एन्थम र जर्सी सार्वजनिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मंगलवार जर्सी र टिम एन्थम सार्वजनिक गरेको छ । टोलीका‌ मालिक स्वतन्त्र […]

विराटनगर किंग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम मंगलबार झापामा सम्पन्न भएको छ । टिमले कोशी प्रदेशका […]

पुजाको अलराउण्ड प्रदर्शनमा नेपालको जित

काठमाडौं । युएईमा जारी महिला यु १९ टि २० विश्वकप एसिया छनोटमा कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले कुवेतलाई पराजित […]

यु-१९ विश्वकप छनोटको पाँचौ खेलमा नेपाल कुवेतसँग खेल्दै

काठमाडौं । युएईमा जारी महिला यु-१९ टि-२० विश्वकपको एसिया छनोटमा नेपालले पाँचौं खेलमा कुवेतको सामना गर्दैछ । खेल युएईको अजमानमा […]