सन्दिप लामिछानेलाई शेन वार्नको ‘कल’

नेपाली ‘शेन वार्न’ सन्दिप लामिछानेलाई बिहिबार बिहान शेन वार्न आफैले फोन सम्पर्क गर्दै कुराकानी गरेका छन् l

टेस्ट क्रिकेटमा ७०८ विकेट आफ्नो नाम गर्दै बिश्वकै दोश्रो सर्बाधिक टेस्ट विकेट लिने अस्ट्रेलियन लेग स्पिन जादुगरले आफुसंग ३-४ मिनेट कुराकानी गरेको सन्दिपले विकेटनेपाललाई बताएका छन् l

‘अपत्यारिलो ‘ ‘अनमोल’ शेन वार्न संग कुराकानी गर्दा कस्तो महसुस भयो भन्ने विकेटनेपालको प्रश्नको जवाफमा सन्दिप उत्तर थियो l

shane-warne-13-1473754099
शेन वार्न

‘वहाँले मेरो बारेमा केहि कुराहरु सोध्नु भयो र अर्को पटक अस्ट्रेलिया आउदा तिमि संगै नेट सेसन गर्छु भन्नुभयो’ बिश्व क्रिकेट इतिहासकै उत्कृस्ट बलर मध्येका वार्नले अर्को पटक आफुसंग भेट्ने बाचा गरेको सन्दिपले बताए l

बंगलादेशमा यसै बर्ष सम्पन्न यु-१९ बिश्वकपमा उत्कृस्ट लेगस्पिन बलिंग गरेपछि नेपाली शेन वार्नको नाम पाएका सन्दिपले त्यस प्रतियोगिताको आयरल्याण्डको संग खेलमा ह्याट्रिक संगै ५ विकेटको प्रदर्शन गरेका थिए l उक्त प्रतियोगिताकै सर्बाधिक विकेट लिने खेलाडीको सुचीमा सन्दिप कुल १४ विकेट लिंदै दोश्रो स्थानमा रहेपछि सन्दिपको चर्चा बिश्वभर भएको थियो l

माइकल क्लार्कको फेसबुक पेजमा सोमबार प्रत्यक्ष फ्यानहरु संग अन्तर्क्रिया गर्ने क्रममा क्लार्कले शेन वार्न र सन्दिपको कुरा गराउने बताएका थिए l दक्षिण अफ्रीका-अस्ट्रेलिया टेस्ट सिरिजमा कमेन्टेटरको भूमिकामा रहेकोले ब्यस्त समय तालिकाको कारण भेट गर्न नपाए पनि फोनमा कुरा गर्दै वार्नले सन्दिपको हौसला बढाएका हुन् –

‘राम्रो खेल,  इन्जोय गरेर खेल भन्नु भो र मलाई एसिया कपको लागि सुभकामना दिनुभयो” सन्दिपले विकेटनेपाललाई बताए l

वेस्टर्न सबर्बस्को लागि न्यु साउथ वेल्स प्रिमियर क्रिकेट खेल्न माइकल क्लार्कको निम्तोमा सेप्टेम्बरमा अस्ट्रेलिया पुगेका सन्दिप डिसेम्बर ८ देखि श्रीलंकामा हुने यु-१९ एसिया कप प्रतियोगिताको तयारीको लागि यही २९ तारिकमा नेपाल फर्कने छन् l

( फोटो श्रोत : zimbio.com , l7.alamy.com )

यो पनि पढ्नुस :- 

 




थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]