तुल बहादुर थापाको अल-राउण्ड प्रदर्शनमा शंकरनगर बिजयी

फोटो फिचर : तुल बहादुर थापा (शंकरनगर क्रिकेट क्लब)

  • विकेटनेपाल – ६ फाल्गुन, आइतबार

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शंकरनगर क्रिकेट क्लबले महत्वपूर्ण जित हात पारेको छ। आइतवार भएको डिभिजन “ए” अन्तर्गतको खेलमा शंकरनगरले लुम्बिनी कसाई क्रिकेट क्लबलाई १३९ रनले पराजित गर्यो।

जितसंगै शंकरनगर क्रिकेट क्लब डिभिजन “ए” मा प्रवेश गरेको छ। प्रतियोगितामा डिभिजन “बि” बाट डिभिजन “ए” मा प्रवेश गर्ने शंकरनगर पहिलो क्लब हो।

भैरहवा स्थित सिद्धार्थ रंगशालामा २५२ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको लुम्बिनी कसाई क्रिकेट क्लबले २६.३ ओभरमा अल आउटहुँदा १२० रन मात्र जोड्न सक्यो र खेलको नतिजा १३९ रनले शंकरनगरको पक्षमा रह्यो। लुम्बिनीको चेजमा राहुल लोहरले ३२ र सुनिल धवलले २६ रन बनाएपनि अन्य ब्याट्सम्यानले पर्याप्त साथ निभाउन सकेनन्।

शंकरनगरको बलिंगमा खेलको म्यान अफ दि म्याच बनेका तुल बहादुर थापाले ३ विकेट हात पारे।

यसअघि ४० ओभरको खेलमा टस जित्दै पहिले ब्याटिंग गरेको शंकरनगर क्रिकेट क्लबले ३८.१ ओभरमा सबै विकेट गुमाएर २५१ रन जोडेको थियो। उसका अजय कौशिला र देव खनालले समान ६०-६० रन जोडेका थिए। यस्तै तुल बहादुर थापाले ५७ रनको इनिंग खेलेका थिए।

लुम्बिनी कसाईको बलिंगमा मौनउद्दिन खाँन, रुपेश कुर्मी, महेश मिश्रा र मुराद अलीले समान २-२ विकेट लिएका थिए ।

फागुन २६ गतेसम्म चल्ने प्रतियोगितामा सोमबार साइ ग्लोबल क्रिकेट क्लब भैरहवा र बुटवल–११ क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।

नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिग प्रतियोगितामा जिल्लाका २१ क्लबको सहभागिता छ। विजेता क्लबले नगद ७० हजार तथा उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने सुपर लिगको सहप्रायोजन बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले गरेका छन्।

प्रतियोगिताको उत्कृस्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्सम्यानले नगद ५-५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् ।





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]