वेस्ट इन्डिजका तीव्र गतिका बलर गेब्रियलद्वारा सन्यास घोषणा

वेस्ट इन्डिजका बलर शैनन गेब्रियलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

गेब्रियलले बुधबार इन्स्टाग्राममा एक पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।

गेब्रियलले इन्स्टाग्राममा लेखेका छन्, ‘विगत १२ वर्षमा मैले वेस्ट इन्डिजका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने जुन अवसर पाए । देशका लागि माथिल्लो स्तरमा खेल्दा मलाई अपार आनन्द मिलेको छ । तर भनिन्छ, सबै राम्रो कुराहरूको अन्त हुनै पर्छ। आज म अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्दैछु ।’

गेब्रियलले पछिल्लो पटक जुलाई २०२३ मा वेस्ट इन्डिजको प्रतिनिधित्व गरेका थिए । त्यसपछि उनी ट्रिनिडाड र टोबागोबाट खेल्दै घरेलु क्रिकेटमा सक्रिय छन्। गत वर्ष उनी अबुधाबी टि टेनमा पनि सहभागी भएका थिए ।

उनले ५९ टेस्ट, २५ ओडिआई र २ टि ट्वान्टी आई खेल्दै कुल २ सय २ विकेट लिएका छन् ।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]