बिहे पछिका शरद

Sharad Vesawkar , Nisha Adhikari

‘शब्दमा बयान गर्न सकिदैन त्यो पल, जब खुशीहरुको ओेहिरो लाग्छ। अझै अनौठो हुन्छ त्यो पल, जुन कुरा जीवनमा पहिलो पटक अनुभव गरिन्छ । सायद विश्वकप जित्दा पनि यस्तै आभास हुन्छ होला, जुन आभास मलाई मेरो छोरालाई पहिलो पटक हातमा राख्दा भयो ।’
भन्छन्, नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान शरद भेषावकर।

लगभग दुई वर्ष पुग्न लाल्यो उनि नायिका निशा अधिकारिसंग विवाह बन्धनमा बाँधिएको। अहिले बुवा बनेका छन् शरद। मलाई बच्चाहरु सारै मन पर्छ, झनै आफ्नो छोराको माया त कुरै नगरौ। फुकाउन नसकिने गरि बाँधिएको हुन्छ सम्वन्ध, झनै कस्सिएर बाँधियो एउटा सम्वन्ध जसको बेग्लै अनुभव छ।

शरद भन्छन्, ‘निशा एउटा यस्तो नारी हुन, जसले मेरो जीवनमा हजारौ खुशीका पलहरु समर्पित गरेकी छन्। अनि मैले पनि उनलाइ मायाको कुनै कमि गरेको छैन, कहिले पनि। विवाह पहिला केहि कुरा सिकेको थिए, अहिले झनै सिकेको छु।

शरदले भने, “म कुनै काम गर्न लजाउदैन, अनि घर परिवारमा त झनै लजाउने कुरा नै भएन।” विवाह पछि खाना बनाएको छु। अनि लुगा पनि धोएको छु, जे जति सकिन्छ मिलेर गरेका छौँ। असहज कहिले महशुस भएन, सहजताको आभास भइराख्यो। कहिले मायाको कुरामा त कहिले जीवन जिउने कुरामा।

खाना बनाउन पनि सिकेँ, बनाउन पनि सिकाए। सायद धेरै मैले नै बनाएर दिएको होला। उनि हाँस्दै भन्छन्। लामो समय सम्म प्रेम सम्वन्धमा बसेका शरद र निशा सन् २०१७ जुन ३० मा विवाह बन्धनमा बाँधिएका थिए।

शरद भन्छन्, हामीहरुलाई त्यति असहज थिएन एक अर्काको बारेमा जान्न। हाम्रो परिवारहरु नै पहिले देखि एक आपसमा जान्ने थिए, अनि त्यसैले नै हाम्रो सम्वन्धमा पनि सहजता आयो।

छोरा युभानसंग शरद ( फोटो – निशा अधिकारी फेसबुक )

मैले जति समय नेपाली क्रिकेटमा बिताएँ, उनले पनि त्यतिनै समय नेपाली चलचित्रमा बिताएकी छन्। एक अर्कालाई चिन्न असहज थिएन, केहि कुरा त मिडिया मार्फतनै थाहा भयो।

तपाई खेल खेल्ने समयमा, एक अर्का देखी टाढा हुनु हुन्छ त्यती बेला चाहि कस्तो प्रतिकृया आउँछ?, भन्ने हाम्रो प्रश्नमा शरदले हाँस्दै भने, “माया त लागि हाल्छ, अनि मिस पनि धेरै गर्छु । फरक यतिमात्र हो हामि बुझ्छौँ एक अर्कालाइ, अनि हाम्रो जिम्मेवारीलाई ।”

शरदलाई रमाईलो लागि रहेको छ, जे उनि चाहन्थे उनको जिवनमा त्यहि नै भईरहेको छ। बुझ्ने जीवनसाथी, माया गर्नलाइ छोरा, असल घर परिवार अनि सधैव ज्यान समर्पण गरेको नेपाली क्रिकेट।


शरदले आफ्नो छोरालाइ कस्तो बनाउने भन्ने हालसम्म सोचिसकेको छैनन् । ‘उसलाई जे बन्न मन लाग्छ उसैमा मेरो खुशी छ । तर देशको लागि केहि गर्ने खालको स्थान रोजेमा झनै खुशी मिल्ने छ’ उनले भने ।

शरदले हालसम्म क्रिकेट बाट सन्यास लिने बारेमा केहि नसोचेको बताए । उनले भने, “म एकदमै रमाईरहेको छु यतिबेला, अझै रमाउन चाहान्छु नेपाली क्रिकेटमा ” यदि म भन्दा राम्रो खेल पदर्शन गर्ने खेलाडी आइहाले भने पनि उनिहरुको खेल यसैपनि राम्रो हुनेछ । अनि उनिहरुले उपयुक्त स्थान पाउने छन्।

मलाई कहिले काँही दिकदार लागेर आउन्छ, जब नेपाली क्रिकेट भित्रको विवाद देख्छु ।

खेलाडीहरुले खेलेका छन्। राम्रोे प्रदर्शन गरेका छन्, अझै राम्रो प्रदर्शन गर्ने छन्। तर खेलाडीहरुले गर्ने प्रदर्शनमा पनि केहि कमी आउँछ र असर पनि पर्छ । क्यान भित्रको विवादले गर्दा। त्यसैले यो विवादलाई समयमै सल्टाउन पनि उनि आग्रह गर्दछन्। शरदले हालै सम्पन्न ईपीएलमा भैरहवा ग्लाडियटर्सको कप्तानी गरेका थिए।

उनको टोली फाईनलमा ललितपुर प्याट्रियट्ससंग १४ रनले पराजित भयो र लगातार दोस्रो वर्ष उपविजेतामै चित्त बुझाउन बाध्य भयो।

नेपाली खेल समर्थकहरुलाइ शरद आग्रह छ ‘जित र हारमा समान व्यवहार गरिदिनु । उनि भन्छन् समर्थकको जितमा र हारमा समर्थन सधै आवश्यक पर्दछ। त्यसैले तपाईहरुको सधैब खाँचो छ, उनले भने।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]