रबिशंकरको शरणमा शरद र निशा

  • विकेटनेपाल, २५ साउन

गत महिना लगनगाँठो कसेका क्रिकेटर शरद भेसाकर र कलिउड अभिनेत्री निशा अधिकारी बिबाह पछि पहिलो पटक सार्वजनिक स्थानमा एकसाथ फोटो सार्वजनिक गरेका छन् l

शरद र निशा भारतको बैंगलोर स्थित आर्ट अफ लिभिंग अन्तर्राष्ट्रिय केन्द्रमा पुगेर आर्ट अफ लिभिंगका संस्थापक श्रीश्री रबिशंकरलाई भेटेको तस्बिर फेसबुकमा अपलोड गरेका हुन् l

शरदले आफ्नो फेसबुकमा श्रीश्री रबिशंकरसंगको तस्बिर राख्दै आशीर्वाद ग्रहण गरिरहेको लेखेका छन् l उता निशाले पनि फेसबुकमा भर्खरै बिबाहित जोडीलाई श्रीश्रीबाट आशिर्वाद प्राप्त भनेर फोटो सहित स्टाटस राखेकि छिन् l

शरद र निशा दुवै अध्यात्ममा रुची राख्ने गर्छन् l दुवैले कठिन मानिने बिपस्यना ध्यान गरिसकेका छन् भने नियमित रुपमा ध्यान समेत गर्नेगरेका छन् l

शरद लगायत नेपाली रास्ट्रिय क्रिकेट टिमले सन् २०१३ मा आर्ट अफ लिभिंगको कोर्स समेत गरेका थिए जुन बेला देखि शरद आर्ट अफ लिभिंगसंग नियमित रुपमा जोडिएका छन् र श्रीश्री रबिशंकरलाई गुरु मान्ने गरेका छन् l

बिबाह पछि पहिलो भ्रमणनै धार्मिक गुरु रबिशंकरको स्थानमा गर्नुले दुवैको अध्यात्मिक रुची देखिएको छ l





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]