नेपाल बिरुद्ध टस जितेर अमेरिका ब्याटिंग गर्दै, अन्तिम-११ मा शरदले पाएनन् स्थान

Nepal Cricket Team

विश्वकप लिग-२ अन्तर्गतको दोश्रो त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आफ्नो पाँचौ खेलमा अमेरिकासंग प्रतिस्पर्धा गर्दैछ।

ओमानको मस्कट स्थित अल अमिरात क्रिकेट मैदानमा हुने डे-नाइट खेलमा टस जितेर अमेरिकाले पहिले ब्याटिंग गर्ने निर्णय लिएको छ। खेलमा नेपालले पपुवा न्यु गिनीसंग खेलाएको अन्तिम एघार खेलाउने भएको छ।

अनुभवी ब्याट्सम्यान शरद भेसावकर लगायत आरिफ शेख, पवन सर्राफ, अविनाश बोहरा र गुल्सन झालाई बाहिर राखिएको छ। दिपेन्द्र ऐरी घाइते भएका कारण सिरिज बाटै बाहिर भइसकेका छन्। अन्तिम-११ मा नेपालले ३ जना फास्ट बलर सोमपाल कामि, बिक्रम सोब र करन केसी लाई राखेको छ भने सन्दिप लामिछाने र सुशन भारि स्पिनरको रुपमा रहेका छन्।

नेपालको अन्तिम ११ : ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, बिनोद भण्डारी, कुशल मल्ल, करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, सुशन भारि र बिक्रम सोब

मैदान बाहिर रहेका खेलाडीहरु : अविनाश बोहरा, शरद भेसावकर, पवन सर्राफ, आरिफ शेख, दिपेन्द्र ऐरी, गुल्सन झा

के हो विश्वकप लिग-२ : विश्वकप लिग-२ मा नेपाल, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया, युएई र पपुवा न्यु गिनी गरि ७ टोलि छन्। यो प्रतियोगिता २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको खुड्किलोको रुपमा रहेको छ। २०१९ देखि २०२१ फेब्रुअरी सम्म बिभिन्न चरणमा चल्ने यो प्रतियोगिताको अंकतालिकामा उत्कृस्ट-३ स्थानमा पर्ने टोलि २०२३ एकदिवसीय विश्वकप छनोटमा पुग्नेछ भने आगामी विश्वकप लिग-२ को लागि समेत छनोट हुनेछ । शिर्ष-३ स्थानमा पुग्न असफल हुने अंकतालिकाको तल्लो स्थानको ४ टिम २०२२ मा हुने आईसीसी विश्वकप छनोट प्लेअफमा पुग्नेछ जुन प्रतियोगितामा उत्कृस्ट-२ हुन सके २०२३ एकदिवसीय विश्वकप छनोटमा पुग्नेछ।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]