नेपाल बिरुद्ध टस जितेर अमेरिका ब्याटिंग गर्दै, अन्तिम-११ मा शरदले पाएनन् स्थान

विश्वकप लिग-२ अन्तर्गतको दोश्रो त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आफ्नो पाँचौ खेलमा अमेरिकासंग प्रतिस्पर्धा गर्दैछ।

ओमानको मस्कट स्थित अल अमिरात क्रिकेट मैदानमा हुने डे-नाइट खेलमा टस जितेर अमेरिकाले पहिले ब्याटिंग गर्ने निर्णय लिएको छ। खेलमा नेपालले पपुवा न्यु गिनीसंग खेलाएको अन्तिम एघार खेलाउने भएको छ।

अनुभवी ब्याट्सम्यान शरद भेसावकर लगायत आरिफ शेख, पवन सर्राफ, अविनाश बोहरा र गुल्सन झालाई बाहिर राखिएको छ। दिपेन्द्र ऐरी घाइते भएका कारण सिरिज बाटै बाहिर भइसकेका छन्। अन्तिम-११ मा नेपालले ३ जना फास्ट बलर सोमपाल कामि, बिक्रम सोब र करन केसी लाई राखेको छ भने सन्दिप लामिछाने र सुशन भारि स्पिनरको रुपमा रहेका छन्।

नेपालको अन्तिम ११ : ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, बिनोद भण्डारी, कुशल मल्ल, करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, सुशन भारि र बिक्रम सोब

मैदान बाहिर रहेका खेलाडीहरु : अविनाश बोहरा, शरद भेसावकर, पवन सर्राफ, आरिफ शेख, दिपेन्द्र ऐरी, गुल्सन झा

के हो विश्वकप लिग-२ : विश्वकप लिग-२ मा नेपाल, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया, युएई र पपुवा न्यु गिनी गरि ७ टोलि छन्। यो प्रतियोगिता २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको खुड्किलोको रुपमा रहेको छ। २०१९ देखि २०२१ फेब्रुअरी सम्म बिभिन्न चरणमा चल्ने यो प्रतियोगिताको अंकतालिकामा उत्कृस्ट-३ स्थानमा पर्ने टोलि २०२३ एकदिवसीय विश्वकप छनोटमा पुग्नेछ भने आगामी विश्वकप लिग-२ को लागि समेत छनोट हुनेछ । शिर्ष-३ स्थानमा पुग्न असफल हुने अंकतालिकाको तल्लो स्थानको ४ टिम २०२२ मा हुने आईसीसी विश्वकप छनोट प्लेअफमा पुग्नेछ जुन प्रतियोगितामा उत्कृस्ट-२ हुन सके २०२३ एकदिवसीय विश्वकप छनोटमा पुग्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy